एनआरएन यूकेको मतगणनामा ढिलाई, पुनम र शेर पक्षबीच झन्डै कुस्ती

SHARE:


लन्डन । एनआरएन युकेको नयां कार्य समिति चुन्न शनिवार भएको मतदानपछि विवाद उत्पन्न भएको छ ।

बेजिंगस्टोक मतदान केन्द्रमा एक पक्षीय रुपमा मतदान गरिएको भन्दै शेर सुनार समूहका मतदान प्रतिनिधि मुचुल्कामा हस्ताक्षर नगरिकनै बाहिरिएका थिए । राति करिब १० बजे तिर मत गणना गरिने स्थान अल्डरशटस्थित एम्पायर हलमा बेजिंगस्टोकमा खटिएका निर्वाचन समितिका प्रतिनिधि नरेश खपांगीले मतपेटिकाहरु बुझाउन ल्याउंदा शेर सुनार समूहले विरोध जनाएको थियो ।

त्यसपछि दुवै समूह बीच भिडन्तको स्थिति समेत देखिएको थियो । अल्डरशटस्थित एम्पायर हलमा ब्रिटिश पुलिस र उम्मेदवार तथा समर्थकहरुबीच केहि समय घम्साघम्सी समेत परेको थियो ।

अध्यक्षका उम्मेदवार शेर सुनार स्वयं तथा एनआरएन युकेको उपाध्यक्षमा नर्दर्न आयरल्यान्डबाट निर्विरोध निर्वाचित कानुनविद नारायण कंडेलले निर्वाचन समितिसंग वार्ता गरे पनि निचोड निस्किएको छैन ।

अध्यक्ष पदकी अर्की उम्मेदवार पुनम गुरुङको गृह क्षेत्र रहेको बेजिंगस्टोक मतदान केन्द्रमा बिहानैदेखि एकलौटी गर्ने प्रयास गरिएको शेर सुनार समूहले आरोप लगाएको छ । यसबारे छिट्टै लिखित उजुरी निर्वाचन समिति समक्ष बुझाइने शेर सुनार समूहका एक उम्मेदवारले बताए ।

गुरुङ समूहले अल्टरसट र ह्यारो बुथमा निर्वाचन धाँधली भएको भन्दै उजुरी दिएको बुझिएको छ ।

प्राप्त समाचार अनुसार पुनम गुरुङ समूहका प्रतिनिधिले साउथ ह्यारो मतदान केन्द्रमा चुनाव सकिएपछि मुचुल्कामा सही गर्न अस्वीकार गरेका थिए ।

सुनार समूहको पकड रहेको ठानिने उक्त केन्द्रमा गुरुङ समूहका प्रतिनिधिले आफुहरुप्रति भेदभाव गरिएको भन्दै मुचुल्कामा सही गर्न अस्वीकार गरेको निर्वाचन गराउन खटेका एक स्वयंसेवकले बताए । यसअघि ११ वटा बुथ केन्द्रहरूमा राति ८ बजे मतदान सकिएको निर्वाचन समितिले जनाएको थियो ।

ढिलो गरी मतदान शुरु भएको स्कटल्याण्डका २ ओटा मतदान केन्द्रहरुमा भने राति अबेर सम्म मतदानको समय बढाइएको छ ।

झन्डै साढे १३ हजार मतदाता रहेको युकेमा निर्वाचन समितिले १३ ओटा मतदान केन्द्रहरु तोकेको थियो ।

कतिपय केन्द्रमा बिहान मतदान शुरु हुनासाथै पासपोर्टसंगै यूटीलिटि बिल पनि देखाउनु पर्ने भने पछि कैयौं मतदाताहरु फर्किएका थिए ।

पछि निर्वाचन समितिले पासपोर्ट लगायतका फोटो आइडि हेरेर मतदान गर्न दिने नियम ल्याएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!