यूकेमा ‘सिमि नासा’को भव्य प्रदर्शन

SHARE:

लन्डन । तमुशास्त्रमा आधारित तमु भाषाको चलचित्र सिमि नासा (पितृलोक) भव्य र सभ्य रुपमा प्रदर्शन भएको छ ।

गत शुक्रबार १३ सेप्टेम्बरमा एम्पायर हल, अल्डरसटमा निर्माता भेग च्हाक्ली तमुको संयोजनमा सो चलचित्रको प्रदर्शन गरिएको हो । प्रिमियर शोमा दर्शकको बाक्लो उपस्थिति थियो ।
चलचित्र प्रदर्शनीमा तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष मे. खुसीमान ल्हेँगे तमु एमभिओ, तमुधिं यूकेका वरिष्ठ उपाध्यक्ष हित काजी तमु र तमु समाज यूकेका पूर्वअध्यक्ष शिवशरण तमुको आतिथ्यता रहेको थियो । त्यसैगरी चलचित्रकर्मी एकेन्द्र तमु लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरुको गरिमामय उपस्थिति रहेको थियो ।

तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष मे. खुसीमान ल्हेँगे तमु एमभिओ, तमुधिं यूकेका वरिष्ठ उपाध्यक्ष हित काजी तमु र तमु समाज यूकेका पूर्वअध्यक्ष शिवशरण तमुले संयुक्त रुपमा दीप प्रज्वलन गरी शुभारम्भ गरिएको प्रिमियर शोको चलचित्रकर्मी एकेन्द्र तमुले फिल्म प्ले गरेर शो प्रदर्शन गरेका थिए ।

तमु फिल्मस् प्रा.लि. पोखराको व्यानरमा निर्मित चलचित्रले मान्छेको भौतिक शरीर मरेर गए पनि उसको आत्मा कहिल्यै मर्दैन भन्ने तमु समुदायमा विद्यमान विश्वासलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ । मौलिक परम्परागत संस्कार संस्कृतिलाई बेवास्ता गर्दा भोग्नु पर्ने समस्या र त्यस समस्याले निम्त्याउने भयावह स्थिति आदिको बारेमा केलाएर देखाउने प्रयास गरेको छ ।
निर्देशक करण गुरुङ (गोरा) द्वारा निर्देशित सिमि नासा चलचित्रले तमु समुदायमा रहेको सांस्कृतिक मूल्य–मान्यतालाई कलात्मक ढंगले प्रस्तुत गरेको छ भने गंगा गुरुङको परिकल्पनामा ई. रोशन गुरुङले लेखेको कथालाई सिर्जनात्मक रुपमा छायांकन गरिएको छ ।

त्यसैगरी सजिलै बुझ्न सकिने सरल संवादलाई भेष गुरुङ, बसन्ती गुरुङ, प्रतिमा गुरुङ, खुशी गुरुङ, थमन गुरुङ र दिपक गुरुङ (मास्टर) लगायत अन्य कलाकारको अभिनयले सुन्दर रुप दिएको छ ।

सिमि नासा हेरिसकेपछि आएको दर्शकहरुको प्रतिक्रियाको आधारमा सिमि नासा एउटा उत्कृष्ट चलचित्र हो भन्ने बुझ्न सकिन्छ । दर्शकहरुले चलचित्र पुन: हेर्न चाहेको प्रतिक्रिया दिए भने निर्माता भेग च्हाक्ली तमुले दर्शक श्रोताको ईच्छाअनुसार पुन: प्रदर्शन गर्ने सोच बनाएको बताएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!