
लन्डन । मतदानमा धाँधली भएको भन्दै रोकिएको एनआरएनए यूकेको मतगणना बिहीबार बिहान १० बजेबाट सुरु हुँदै छ । अध्यक्षका प्रत्यासीद्वय पुनम गुरुङ र शेर सुनार पक्षबीच बुधबार सहमति भएसँगै मतगणना हुन लागेको हो । वार्तामा एनआरएनए यूकेको वर्तमान कार्यसमिति, निर्वाचन आयोग र उम्मेदवारहरुको उपस्थिति थियो ।
वार्तामा धाँधलीको निवेदन परेका बेजिङस्टोक र ह्यारो बुथको मत छानबिनपछि मात्र अन्तिममा गन्ने सहमति भएको एनआरएनएका केन्द्रीय उपाध्यक्ष कुल आचार्यले जानकारी दिए । छानबिन समितिमा यमबहादुर राना, मेजर कृष्णबहादुर गुरुङ र उमेश मोक्तान छन् ।
एनआरएनए यूकेको गत शनिबार १४ सेप्टेम्बरमा मतदान भएको थियो । अध्यक्षका प्रत्यासी सुनारले केही बुथमा धाँधली भएको भन्दै मतगणना रोकिएको थियो ।
एनआरएन यूके निर्वाचन समितिले एक सूचना जारी गर्दै एम्पायर हल अल्डरसटमा सुरु गरिने भएकोले तोकिएको प्रतिनिधि पठाउन आग्रह गरेको छ । र, उम्म्दवारहरुलाई निर्वाचन आयोगसँग सम्पर्कमा रहन समेत अनुरोध गरिएको छ ।
प्रमुख निर्वाचन आयुक्त मे रि डमर घले र सह-प्रमुख निर्वाचन आयुक्त शिवजी श्रेष्ठले संयुक्त सूचना जारी गर्दै मतगणना कार्यलाई पर्वमय बनाउँदै सामाजिक एकताको सन्देश दिन अपील गरेका छन् ।
निर्वाचन समितिको अत्यन्त जरुरी सुचना…,!!!
सेप्टेम्बर १६,१७,१८ (सोमबार, मंगलबार र बुधबार) को लगातारको बिभिन्न पक्षसंगको बैठक पश्चात उम्मेदवारहरुको निबेदन परेका मतदान केन्द्रहरुको बारेमा छानबिन गर्न निर्वाचन समितिले एक छानबिन समिति गठन गरी छानबिन प्रक्रिया समेत शुरु भएसंगै एन आर एन आइ सी सीका उपाध्यक्ष कुल आचार्यको संयोजनको टिमसँग सम्बन्धित पक्षको उपस्थितिमा मतगणना प्रक्रिया सुचारु गर्ने वातावरण बनेसंगै एन आर एन युके निर्वाचन समितिको नेतृत्वमा १९ सेप्टेम्बर (आज) १० बजेबाट Empire Hall Aldershot मा मतगणना शुरु गरिने भएको हुँदा अध्यक्षका दुवै प्रत्यासीहरुलाई निर्वाचन समितिसंग सम्पर्कमा रहि तोकिए बमोजिमका प्रतिनिधिहरु पठाइदिन हुन तथा अन्य उम्मेदवारहरुलाई पनि निर्वाचन आयोगसंग सम्पर्कमा रहन अनुरोध गर्दछौ। यस विषम परिस्थितिमा सुझबुझ एबम समझदारीका साथ धैर्यधारण गर्दै अनुकुल वातावरण बनाउन सहयोगी भूमिका निभाउनु हुने सम्पूर्ण एन आर एन युकेका अभियन्ताहरुमा हार्दिक धन्यबाद।
आउनुहोस मतगणना कार्यलाई पर्वमय बनाऔ र सामाजिक एकताको संदेश थप दिऔ।
मे रि डमर घले
प्रमुख निर्वाचन आयुक्त
शिवजी श्रेष्ठ
सह-प्रमुख निर्वाचन आयुक्त
एन आर एन युके, निर्वाचन समिति ।
१९’सेप्टेम्बर २०१९।






