बेलायतमा हरेक घण्टा २ सय जनाले धुमपान त्याग्दै

SHARE:

बेलायतमा हरेक घण्टा औसतमा दुई सय जनाले चुरोट त्याग्ने गरेको एक तथ्याङ्कले देखाएको छ । यूनिभर्सिटी कलेज लण्डनले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चुरोट त्याग्नेहरुको सख्या औसतमा बेलायतमा सवैभन्दा धेरै रहेको छ । गत दश वर्षको अवधिमा छिट्टै चुरोट त्याग्नेहरूको संख्यामा बेलायत सवैभन्दा अगाडि देखिएको पब्लिक हेल्थ इङ्ल्यान्ड (पिएचइ)ले जनाएको छ ।

राष्ट्रिय धुम्रपान अध्ययनको पछिल्लो विवरण अनुसार यही सन् २०१९ को जनवरीदेखि जुलाई सम्ममा धुम्रपान गर्ने वयस्कहरूको सख्या २.२ प्रतिशतले घटेको छ । बेलायतमा धुम्रपान कर्ताहरूको सख्या पछिल्लो समय निकै कम हुदै गएको छ । अहिले पनि १४.४ प्रतिशत वयस्कहरूले धुम्रपान गर्ने गर्दछन् ।

लैङ्गिक रूपमा हेर्दा धुम्रपान गर्ने पुरुषको सख्या १६.४ प्रतिशत र महिलाको सख्या १२.६ प्रतिशत रहेको पिएचइले जनाएको छ । पिएचइले गत अक्टोबरदेखि धुम्रपान छोड्न प्रेरित गराउने देशको सबैभन्दा ठूलो अभियान सुरु गरेको हो ।
पिएचइका मेडिकल डाइरेक्टर यभोन्ने डोयलेका अनुसार अभियानका कारण धुम्रपान त्याग्नेहरुको सख्या उल्लेख्य देखिएको छ । उनले भने, यो साच्चै प्रभावकारी देखिएको छ, प्रारम्भिक सङ्केत नै उत्साहजनक भएपनि धुम्रपानरहित समाज बनाउने महत्वाकाङक्षा तर्फ हामी लागेका छौं ।

धुम्रपान छुटाउने वर्षभरीको देशव्यापी कार्यक्रमलाई स्टपटोबर नाम दिइएको छ । यस अभियानबाट लाखौं नागरिकले धुम्रपान त्याग्ने अपेक्षा गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!