तमु प्ये ल्हु संघ यूकेको च्यारिटी डिनर तयारी बैठक सम्पन्न

SHARE:

लन्डन । तमु प्ये ल्हु संघ युकेको च्यारिटी डिनरको तयारी बैठक सम्पन्न भएको छ । शनिबार, २१ सेप्टेम्बरमा SandhurstCommunity हल Berkshire मा अध्यक्ष्य मेजर (रिटायर्ड) खुसीमान ल्हेंगे एमभीओको सभापतित्वमा बैठक सम्पन्न भएको हो । बैठकमा संघका मुख्य सल्लाहकार लेरि मदन प्ल्हें, पूर्व अध्यक्ष सोम त्होर्जे साथै संघका ३ जना उपाध्यक्ष , कार्यसमितिका सदस्यहरु, अन्य आजीवन सदस्यहरु साथै आमा, बुवा, दिदी, बहिनिहरुको बाक्लो उपस्थिति थियो ।

बैठक संचालन तमु प्ये ल्हु संघ यूकेका सचिव खेम सर्बुजाले संचालन गरेका थिए भने बैठकको सुरुमा द्वितीय उपाध्यक्ष बुधी क्रोम्छेले स्वास्थ्य र सुरक्षाको बारेमा जानकारी दिएका थिए । त्यसपश्चात संघका अध्यक्ष मेजर ल्हेंगेले कोइँबो मन्दिरमा दिप प्रज्वलन गरी कार्यक्रमलाई अगाडि बढाउन निर्देशन दिए‍का थिए । बैठकलाई अगाडिबढाउने क्रममा स्वर्गीय डाक्टर हर्कबहादुर ल्हेंगे तमु र डाक्टर चन्द्रबहादुर कोन तमुको छोटकरीमा जीवनी सुनाएर उनीहरुको तेह्रौं स्मृति दिवसको उपलक्ष्यमा संघका अध्यक्ष्य मेजर खुसीमान र प्रमुख सल्लाहकार Lt(Retd) मदन प्ल्हेंले स्वर्गीय डाक्टर हर्कबहादुर ल्हेंगे तमु र डाक्टर चन्द्रबहादुर कोन तमुको तस्बिरमा माल्यार्पण गरी उपस्थित सबै सदस्यले फूल चढाएर १ मिनट मौनधारण गरियो ।

आफ्नै कार्यसमितिको द्वितीय उपाध्यक्ष्य क्रोम्छेको संयोजकत्वमा च्यारिटी डिनर पार्टी शनिबार, २ नोवेम्बर २०१९ का दिन अम्पायर हल अल्डर्शटमा सञ्चालन हुने जानकारी दिए । अम्पायर हल अल्डर्शटमा दिनको १३:०० बजे हल सेट अप सुरु गरेर, १६:०० बजे सेट अप सकेर, १७:०० बजे पार्टी सुरु गर्ने, र २३:३० बजे च्यारिटी डिनर अन्त्य हुने पनि जानकारी दिए । डिनर पार्टीलाई मनोरन्जन गराउनको लागि एरिया मुताबिक जस्तै रिडिंग, स्विण्डन, केन्ट, हम्प्शायरबाट एक एक वटा नाच गरेर ४ वटा नाच र प्लम्स्टिड बाट २ वटा नाच गरेर जम्मा ६ वटा नाच तयार पार्ने पनि निर्णय भएको छ । यी सबैको बन्दोबस्त हाम्रा मनोरंजन संयोजक जुम टु क्ल्हेप्री को मातहतमा देखाइनेछ ।

च्यारिटी डिनरमा तमु प्ये ल्हु संघ यूकेको कोइबो घर बनाउनको लागि चन्दा दिनने महानुभावहरुलाई पनि सम्मान गरिने कार्यक्रम तय भएको छ। च्यारिटी डिनरमा सक्दो आर्थिक संकलन गरी उपस्थित आजीवन सदस्यहरुलाई मनोरंजन गराउने साथसाथै नयाँ आजीवन सदस्यहरुको तमु प्ये ल्हु संघ यूकेमा दर्ता गराउने काम पनि जारी हुनेछ। त्यसैले आजीवन सदस्यहरुले आफूले चिने जानेकाहरुलाई तमु प्ये ल्हु संघ यूकेमा सदस्यता ग्रहण गराउनको लागि पनि अपिल गरिएको छ। संघका कोषाध्यक्ष दिलीप तेलेजें (हाल नेपालमा) टिकट प्रिन्टिंग गरेर ल्याउने काम पनि उनलाई जिम्मा दिइएको छ ।

च्यारिटी डिनर पार्टीको सेटअपको लागि आखिरी तयारी जस्तै बिजुली बत्ति, सावन्ड सिस्टम, सजावट इत्यादिबारे हल सञ्चालक पुरन गिरीसँग शनिबार, १९ ओक्टोबर २०१९ मा तमु प्ये ल्हु संघ यूकेको केही व्यक्तिले छलफल गरिने निर्णय भएको छ। मुख्य हलमा च्यारिटी डिनरको पूर्व तयारी बैठक संचालन हुँदै थियो भने सोही ठाउँको सहायक हलमा प्ये ता ल्हु ताको संयोजक क्याप्टेन (रिटायर्ड ) देवराज न्गोप्छेको संयोजकत्वमा प्रथम उपाध्यक्ष्य रनबहादुर टु क्ल्हेप्री साथै उनका समिति सदस्यहरुबीच सी प्ये (फ्युनरल) सम्बन्धी कसरी एकरुपता ल्याउने भनि पच्यु क्ल्हेप्री गुरुहरु एक आपसमा छलफल गरी अब आउने ३० नोभेम्बर २०१९ भित्रमा एकरुपता सी प्ये (फ्युनरल) पेस गर्ने सर्वसम्मत निर्णय भएको जानकारी प्ये ता ल्हु ताको संयोजक क्याप्टेन (रिटायर्ड ) देवराज न्गोप्छे साहेबबाट जानकारी प्राप्त भएको छ। उनले दिएको जानकारी अनुसार यो भन्दा अगाडि छ्या प्ये एकरुपता गर्ने काम भइसकेको र अब आउने दिनहरुमा पै प्ये (अर्घौं) एकरुपता गर्ने पनि योजना अगाडि सारेको जानकारी दिए ।

आमा समूहले गएको महिनामा आयोजना गरेको गृस्मकालीन भेटघाट कार्यक्रमा भएका आय व्ययका कुराहरु देखि कार्यक्रममा भएका राम्रा र कमी कमजोरीका कुराहरुको बिस्तृत छलफलपश्चात् यस वर्षमा आमा समूहले आय ७ हजार ९ सय ४४ र व्यय ३ हजार ८ सय ५४ र ३९ पेन्स गरेर जम्मा ४ हजार ८९ र ६१ पेन्स आम्दानी गर्न सफल भएर संघका लागि मद्दत पुर्‍याएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!