शेर सुनारद्वारा धन्यवाद ज्ञापन

SHARE:

एटा संवाददाता

लन्डन । एनआरएनए यूकेको हालै सम्पन्न निर्वाचनमा अध्यक्षका उम्मेदवार शेरबहादुर सुनारले आफ्ना मतदाताहरुलाई धन्यवाद दिएका छन् ।

उनले गत मंगलबार एक विशेष कार्यक्रम गरी सम्पूर्ण मतदाताहरुलाई विशेष धन्यवाद दिएका हुन् । उनी ४ हजार ३४८ मत ल्याई उपविजेता बनेका थिए । एनआरएनए यूके अध्यक्षमा पुनम गुरुङ निर्वाचित भएकी थिइन् । एनआरएनए यूकेको स्थापनाकालदेखि नै एनआरएनए यूकेमा रहेर काम गरिसकेका सुनार यसअघिको कार्यसमितिमा उपाध्यक्ष थिए ।

कार्यक्रममा उपविजेता सुनारले मतदानका लागि सबैलाई धन्यवाद दिँदै मतदाताहरुको मतलाई सुरक्षित गर्न नसकेकोमा माफी मागे । उनले निर्वाचनको क्रममा विभिन्न सल्लाह, सुझाव, साथ र सहयोग गर्ने सबै व्यक्तित्वहरुप्रति धन्यवाद दिए ।

उनले निर्वाचनमा पारदर्शिता नभएकै कारण आफू विजयी हुन नसकेको दाबी गर्दै आफूले सो दिनलाई ‘कालो दिन’को रुपमा लिने बताए । सो अवसरमा उनले सबै विजयी उम्मेदवारहरुलाई खादा लगाई बधाई तथा शुभकामना दिए । मगर संघ यूकेका महासचिव रुद्र थापाले सञ्चालन गरेको कार्यक्रममा आईसीसी सदस्यमा विजयी भएका ललित न्यौपाने, उपाध्यक्षमा विजय भएका मोहन कार्की, नारायण दत्त कँडेल र प्रेम गाहामगरले मन्तव्य राखेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!