लन्डन । बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले ब्याङगोर विश्वविद्यालयका उपकुलपति (भाइस चान्सलर) प्राध्यापक एडमण्ड बर्क एवं डेपुटी भाइस चान्सलर प्रोफेसर एन्ड्रयू एडवार्डस्सँग भेटवार्ता गरेका छन् ।
नेपाली विद्यार्थी अध्ययनरत उत्तरी वेल्सको १४२ वर्ष पुरानो ब्याङगोर विश्वविद्यालय मंगलबार भ्रमण गर्दै कार्यवाहक राजदूत दुवाडीले नेपाली विद्यार्थीको अवस्थाबारे जानकारी लिएका हुन् । उनले ब्याङगोर विश्वविद्यालयबाट विद्यार्थको कुनै गुनासो नआएको भन्दै आभार व्यक्त गरेका छन् ।
उनले विश्वविद्यालय व्यवस्थापनलाई नेपाली विद्यार्थीको हकहित र कल्याणमा ध्यान दिन पनि आग्रह गरे ।
भाइस चान्सलर प्राध्यापक बर्कले नेपाली विद्यार्थी अनुशासित, इमान्दार र मेहनती भएको उल्लेख गर्दै आफ्नो विश्वविद्यालयले अझ धेरै नेपाली विद्यार्थी स्वागत गर्न आतुर रहेको बताए ।







