सीको २१ घण्टे नेपाल भ्रमण : उपलब्धि के ?

SHARE:

काठमाडौं । शनिबार अपराह्न दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ आइतबार फर्किएका छन् ।

दुई दिने भ्रमणका क्रममा शनिबार अपराह्न ४ः४४ मा सी सवार चाइना एयरको विमान त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । आइतबार दिउँसो २ः१० बजे उनी फर्किएका हुन् । शनिबार अपराह्न ४ः४४ मा नेपाल आइपुगेका सीले करिब साढे २१ घण्टामा नेपालमा बिताए ।

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिले विमानस्थलमा सीको स्वागत गरेका थिए । साथै नेपाली सेनाले सीको सम्मानमा गार्ड अनर प्रदान गरको थियो ।
त्यसपश्चात् सी विमानस्थलबाट सोझै सोल्टी होटल पुगेका थिए । उनी ५ः३० बजे सोल्टी होटल प्रस्थान गरेका थिए । राष्ट्रपति सीले होटल सोल्टीमा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग एक्लाएक्लै भेट गरेका थिए । त्यस्तै उनले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग पनि शिष्टाचार भेट गरेका थिए ।
त्यसपश्चात पौने ७ बजे सी शितल निवास पुगी राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका थिए भने नेपाललाई ५६ अबै सहयोगको घोषणा पनि गरेका थिए ।

शितल निवासको कार्यक्रम सम्पन्न गरी सी शनिबार बेलुका ८ः०० बजे सोल्टी क्राउन प्लाजा फकिएका थिए । सीले त्यहाँ उनको सम्मानमा राष्ट्रपति भण्डारीले आयोजना गरेको रात्रिभोजमा सम्बोधन गरेका थिए ।आइतबार बिहान १०ः३० बजेदेखि सीको व्यस्तता पुनः बढेको थियो । उनले साढे १० बजे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रतिनिधिमण्डलसँग भेटवार्त गरेका थिए । त्यसपश्चात् ११ बजे नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सीबीच वान टु वान वार्ता भएको थियो ।

त्यसपश्चात् प्रधानमन्त्री ओलीसँग सीले वान टु वान वार्ता गरेका थिए । त्यस्तै ओलीले नेतृत्व गरेको नेपाली प्रतिनिधि मण्डल र सी ले नेतृत्व गरेको चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्वबीच औपचारिक वार्ता भएको थियो ।

वार्ता समाप्त भएसँगै राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा चीन र नेपालबीच गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौँ महानगरपालिकालगायत सरकारी निकायसँग साझेदारी गर्नेसम्बन्धी १८ समझदारीपत्र र दुई लेटर अफ एक्सचेञ्जमा हस्ताक्षर भएको छ ।
हस्ताक्षरपछि ती समझदारीपत्र दुवै देशका परराष्ट्रमन्त्री, अर्थसचिव, गृह, परराष्ट्रसचिवलगायत सम्बन्धित मन्त्रालयका सचिव एवं नेपालका लागि चिनियाँ राजदूतले आदानप्रदान पनि गरेका थिए ।

राष्ट्रपति सी दिउँसो २ः१० बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट स्वदेश फर्किएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलगायत विशिष्ट व्यक्तिले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा विदाई गरेका थिए । त्रिभुवन विमानस्थलमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन, प्रधानमन्त्री ओलीलगायतले विदाइ गरेपछि राष्ट्रपति सी विदाइको हात हल्लाएर चीनतिर लागे ।

यस्तो भयो सम्झौता
नेपालका सरकार प्रमुख र चीनका राष्ट्राध्यक्षको तहमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता भयो ।
चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आ–आफ्नो मुलुकको प्रतिनिधित्व गरेका उक्त वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर विचारविमर्श भएको थियो ।

वार्ता समाप्त भएसँगै राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा चीन र नेपालबीच गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौँ महानगरपालिकालगायत सरकारी निकायसँग साझेदारी गर्नेसम्बन्धी १८ समझदारीपत्र र दुई लेटर अफ एक्सचेञ्जमा हस्ताक्षर भएको छ ।
हस्ताक्षरपछि ती समझदारीपत्र दुवै देशका परराष्ट्रमन्त्री, अर्थसचिव, गृह, परराष्ट्रसचिवलगायत सम्बन्धित मन्त्रालयका सचिव एवं नेपालका लागि चिनियाँ राजदूतले आदानप्रदान पनि गरे ।

प्रधानमन्त्री ओली नेतृत्वको वार्तामा अर्थ, परराष्ट्र, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधारमन्त्रीका साथै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार, परराष्ट्र मामिला सल्लाहकारसहित नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकारी तथा राष्ट्रपति सी नेतृत्वको प्रतिनिधिमण्डलमा विदेशमन्त्री वाङ यी, अर्थ सचिव नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायत उच्च चिनियाँ अधिकारी सहभागी थिए ।
यी हुन् नेपाल र चीनबीच भएका १८ समझदारी र दुई लेटर अफ एक्सचेन्ज
१, नेपाल सरकार र जनवादी गणतन्त्र चीनबीच सीमा व्यवस्थापन प्रणालीबारे सम्झौता भएको छ ।
२, नेपाल सरकार र जनवादी गणतन्त्र चीनबीच प्रशासनिक क्षमता वृद्धिका लागि सहकार्य आदानप्रदान गर्ने समझदारी (एमओयू) भएको छ ।
३, नेपाल र चीनबीच आपराधिक मामिलामा दुईपक्षीय कानुनी सहायताको सन्धि भएको छ ।
४, नेपाल र चीनबीच सगरमाथारचोमोलोङ्माको संरक्षणमा सहकार्य गर्ने समझदारी भएको छ ।
५, लगानीका मुख्य परियोजनालाई प्रवद्र्धन गर्ने र नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा पुनर्संरचना आयोगबीच उत्पादक क्षमता वृद्धिमा सहकार्य गर्ने समझदारी भएको छ ।
६, चीनको छेन्दुमा नेपालको कन्सुलेट जनरल (वाणिज्य दूतावास) स्थापना गर्नेसम्बन्धी सम्झौतापत्र आदानप्रदान भएको छ ।
७, नेपाल–चीन सिमापार रेलमार्ग परियोजनाको सम्भाव्यता अध्ययनका लागि नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच समझदारी भएको छ ।
८, काठमाडौं महानगरपालिका र चीनको नाञ्जिङ सहर बीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता भएको छ ।
९, बुटवल उपमहानगरपालिका र चीनको जियान सहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता भएको छ ।
१०, परम्परागत औषधिमा सहकार्य गर्न नेपालको स्वास्थ्य र जनसंख्या मन्त्रालय तथा चीनको नेशनल एडमिनिस्ट्रेसन अफ ट्रेडिसनल चाइनिज मेडिसिनबीच समझदारी भएको छ ।
११, नेपालको गृह मन्त्रालय र चीनको आकस्मिक व्यवस्थापन मन्त्रालयबीच विपद् जोखिम न्यूनीकरण तथा आकस्मिक सेवामा सहकार्य गर्ने समझदारी भएको छ ।
१२, चीनको सुप्रिम पिपुल्स प्रोसिक्युटर कार्यालय र नेपालको महान्यायाधिवक्ताको कार्यालयबीच सहकार्य गर्ने समझदारी भएको छ ।
१३, नेपालको त्रिभुवन विश्वविद्यालय र चीनको कन्फ्युसियस इन्स्टिच्युट हेडक्वार्टर्सबीच त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसियस इन्स्टिच्युट स्थापना गर्ने सम्झौता भएको छ ।
१४. नेपालको कृषि विभाग र चीनको भन्सार सामान्य प्रशासनबीच साइट्रस(अमिलो स्वादका) फलफूल चीन निर्यातका लागि बिरुवालाई स्वस्थ राख्नेसम्बन्धी मापदण्डको कार्य्विधि निर्माण गर्ने समझदारी भएको छ ।
१५. नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच व्यापारबारे छलफल गर्न दुवै देशका प्रतिनिधि सहभागी हुने संयुक्त संयन्त्र बनाउने समझदारी भएको छ ।
१६. नेपालमा चीनले सहयोग गरेको भूकम्प सुपरिवेक्षण सञ्जाल परियोजनाका लागि वितरण र स्वीकृतिपत्रमा समझदारी भएको छ ।
१७. नेपालको अर्थ मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच लगानीमा सहकार्यका लागि दुवै देशको प्रतिनिधि सहभागी हुने गरी कार्यदल स्थापना गर्ने समझदारी भएको छ ।
१८. नेपालको अर्थ मन्त्रालय र चीनको अन्तर्रा्ष्ट्रिय विकास सहकार्य संस्थाबीच सुरुङ निर्माणमा सहकार्य गर्ने समझदारी भएको छ ।
१९. नेपाल–चीन सीमा सुरक्षा सामग्री र कार्यालय सामग्रीका लागि सम्झौतापत्र आदानप्रदान भएको छ ।
२०. चीनको सहयोगमा उपत्यकामा सञ्चालन हुने खानेपानी आपूर्ति सुधार परियोजनाको सम्भाव्यता अध्ययनका लागि बैठकको ‘माइन्युट’का लागि समझदारी भएको छ ।

प्रधानमन्त्री खुसी
प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनपिङको नेपाल भ्रमण भव्यरुपमा सम्पन्न भएकाले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् ।
राष्ट्रपति सीलाई बिदाइ गरेपछि प्रधानमन्त्री ओलीले आइतबार ट्विट गरेका छन्, ‘मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनपिङको दुई दिवसीय ऐतिहासिक नेपाल भ्रमण भव्य रुपमा सम्पन्न भएको छ ।’
प्रधानमन्त्री ओलीले टुइटरमा लेखेका छन्, ‘उहाँको भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाइ र गतिशीलता प्राप्त गरेको छ

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!