नगेन्द्रराज नेम्वाङ्ग
चाड पर्वमा मीठो खाने राम्रो पोसाकमा सजिसजावट, आफन्तजन, ईष्टमित्रसँग भेटघाट रमाइलो कुराकानी हुने गर्दछ । मीठो खानेकुरा र स्वास्थ्य एकआपासमा शत्रु नै हुन् । खानेकुरा मीठो बनाउनका लागि तेलको प्रयोग बढी गरिन्छ । चिनीको प्रयोग पनि त्यत्ति नै चिल्लो, गुलियो, नुनिलो स्वास्थ्यलाई अवरोध नै गर्दछ ।
मीठो खानेकुरा पनि खाने स्वास्थ्य पनि जोगाउनका लागि अर्थात् रोग लाग्नबाट बच्ने उपायहरुको चर्चा गरौं । ‘थोरै खाए अमृत धेरै खाए बिष’ खानेकुराको मात्रा कम गर्न सके स्वास्थ्यलाई लाभदायक नै हुने गर्दछ । चिया, कफी एक वा दुई कप दिनको राम्रो त्यो भन्दा बढी स्वास्थ्यलाई हानी, मादक पदार्थ सेवन नगर्नु स्वास्थ्यलाई राम्रै हुन्छ । मादक पदार्थको पनि मात्रा घटाउने हो भने औषधिको काम गर्दछ ।
मानिसलाई रोग लाग्नका मुख्य कारण खानेकुराबाट नै भन्ने गर्दछन् स्वास्थ्यकर्मीहरु खानेकुरा के खाने, कति खाने कसरी खाने भन्ने सम्बन्धमा खानेकुरालाई दुई वर्गमा छुट्ट्याउन सकिन्छ । ती हुन् दैनिक भोजन र कहिलेकाहीं भोजन, कहिलेकाहीं भोजन भनेको जे पनि खान मिल्छ । आपूmलाई खान मन लागेको मीठो खानेकुरा तर कहिलेकाहीं मात्र । दैनिक भोजन भनेको ब्राउन राईस, खैरो चामल ढिकीमा कुटेको नफलेको चामल, गहुँको परिकारबाट बनेको आँटा, हरियो सागसब्जी, काँचो सलादमा समावेश मुला, काक्रा, रातो प्याज, काँचो लसुन, गाजर, मौसमअनुसारको फलपूmल, केरा, स्याउ, मेवा, सुन्तला प्रोटिन प्राप्तका लागि दूध, दही, अण्डा, भटमास, ओलिभको तेल, मह यी माथि उल्लेखित खानेकुरा दैनिक भोजनमा समावेश गर्न सकेमा स्वास्थ्य प्राप्तिका लागि शरीरलाई नभई नहुने व्यायाम पनि हो ।
खाएको खानालाई पचाउनका लागि पाचन प्रणाली क्रियाशील हुनुपर्दछ । यसका लागि आप्mनो उमेरको क्षमताअनुसार शारीरिक व्यायाम अनिवार्य गर्नुपर्ने हुन्छ । सेतो चामाल, सेतो चिनी, सेतो मैदा, सेतो घिउ दैनिक भोजनमा नपरेकोले स्वास्थ्यको लागि लाभदायक मानिन्न ।






