सुधा गुरुङ
बेजिङ्गस्टोक । बेजिङ्गस्टोक नेप्लीज कम्युनिटी (बिएनसी) ले प्रीजनर्स एसिस्टेन्स नेपाल (पिए नेपाल) लाई एक लाख चार हजार सहयोग प्रदान गरेको छ । सो रकम गत साता बिएफबिएस गोर्खा रेडियो काठमाडांैमा बिएनसी सदस्य मन राईले पिए नेपालकी संस्थापक अध्यक्ष इ्न्दिरा राना मगर (इन्दिरा आमा) लाई प्रदान गरेकी हुन् । त्यस अवसरमा रेडियो प्रोग्राम डाइरेक्टर विनोदध्वज खड्का उपस्थित थिए ।
इन्दिरा आमाले नेपालका जेलमा रहेका कैदीहरुका छोराछोरीलाई जेलबाट उद्धार गरी पिए नेपाल नामक संस्थामा लालनपालन र शिक्षादीक्षा दिँदै आएकी छन् । उनले नेपालभरीमा पिए नेपालको १७ वटा शाखा खोलेकी छन् । हालसम्म दुई हजारभन्दा बढी बालबालिकालाई हुर्काइसकेकी इन्दिरा आमाका सन्तान विश्वका विभिन्न भूभागमा सहज जीवन बिताइरहेको उनले बताइन् । उनका अनुसार विभिन्न स्थानमा रहेका संस्थामा ५ सय बालबालिका हुर्किरहेका छन् ।
स्पेनका एक सांगीतिक दलले उनलाई स्पेनमा फन्ड रेजिङ्ग ईभेन्टका लागि निम्तो दिएकाले सोही अवसरमा बेलायत पनि आएकी थिइन् । बिएनसी तीज रमझममा अतिथिको रुपमा सहभागी भई इन्दिराले आफ्नो संस्था र आपूmले गर्दै आएको कामबारे बताएपश्चात् बिएनसीका दिदीबहिनीहरुले दिल खोलेर उनको संस्थालाई सहयोग पुराएका थिए ।
बेलायत भ्रमणपश्चात् उनी स्पेन र यूरोप भ्रमण सकाइ केही दिनअघि मात्रै स्वदेश फर्केकी हुन् । बिएनसीको सहयोग रकममा अल्डरसट निवासी बिक्रम भट्टराईले ५० पाउन्ड र फार्नबोरो निवासी प्रसन्ना देवान राईले ५० पाउन्ड थपेका थिए ।






