कियाचु ग्रेटर लन्डन जेष्ठ शाखाले बलिहाङ्ग तङनाम मनायो

SHARE:

नगेन्द्रराज नेम्बाङ्ग
लन्डन । किरात याक्थुङ चुम्लुङ (कियाचु) ग्रेटर लन्डन शाखाले विविध कार्यक्रम आयोजना गरी किराती लिम्बुहरुको महान् पर्व बलिहाङ्ग तङनाम (शुभ–दिपावली) भव्यताको साथ मनाएको छ ।

गत शनिबार अक्टोबर १९ तारिखका दिन लन्डन फेल्थामस्थित कम्युनिटी कलेजमा आयोजित कार्यक्रमको प्रथम चरणमा शाखाका सचिव ईश्वरचन्द्र लोकतामले उपस्थित महानुभावहरुलाई स्वास्थ्य र सुरक्षाको सचेत गराउँदै सुरु गरिएको कार्यक्रम शाखा अध्यक्ष पूर्ण वाखिम र प्रमुख अतिथि कियाचु यूकेका वरिष्ठ उपाध्यक्ष नगेन्द्रराज नेम्बाङ्गले दिप प्रज्ज्वलन गरी उद्घाटन गरेका थिए ।

कार्यक्रममा लिम्बु सांस्कृतिक परम्पराअनुसार केलाङ ‘च्याब्रुङ’ नृत्यको प्रदर्शन साथै नाम्लीङ्गेक लारिङ्गेक (देउसी भैली) पनि खेलेका थिए ।

गत सिसेक्पा तङनाममा शाखाबाट च्याब्रुङ नृत्यमा सहभागी कलाकारहरुलाई प्रोत्साहनका लागि अध्यक्ष बखिमले नगद पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा उपस्थित महानुभावहरुको मनोरञ्जन तथा शाखालाई केही आर्थिक संकलन होस् भन्ने उद्देश्यले जुवातास पनि खेलाइएको थियो ।

अध्यक्ष बखिमले कार्यक्रममा परम्परामा पर्ने महान् पर्वहरु बलिहाङ्ग, चासोक, सिसेक्पा र केक्पुक्ला तङनामको बारेमा प्रस्ट्याएका थिए भने प्रमुख अतिथि नेम्बाङ्गले कियाचु यूके केन्द्र र ग्रेटर लन्डन सिनियर शाखाको सम्बन्ध राम्रो रहेको बताउँदै बलिहाङ्ग तङनामको शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा संघीय लिम्बुवान समाज यूकेका महासचिव राम इजम, कियाचु यूकेका पूर्वउपाध्यक्ष छत्रसिं तेयुङ्ग, समाजसेवी राम पोमुका विशेष उपस्थिति थियो । पुर्ण बखिमको अध्यक्षमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष चन्द्र लिङदेनले स्वागत मन्तव्य राखेका थिए । सचिव ईश्वरचन्द्र लोकतामले कार्यक्रम सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!