डार्टफोर्डमा फरक दसैं तिहार शुभकामना साँझ

SHARE:

लन्डन । डार्टफोर्ड नेपाली समाजले नितान्त भिन्न स्वाद र शैलीको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

१९ अक्टोबर साँझ समाजका अध्यक्ष गजेन कटुवालको सभापतित्वमा शुभकामना साँझ सम्पन्न भएको हो । औपचारिक कार्यक्रम संस्थाका महासचिव लेख खरेलले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य सचिव धन छेत्रीले गरेका थिए ।
दोस्रो चरणको अनौपचारिक सांस्कृतिक कार्यक्रमको संयोजक सुनिता थापा थिइन् । यस वर्ष डार्टफोर्ड बसाइँसरी आएका (१८ परिवार) नवआगन्तुकलाई पुष्पसहित संस्थाका अध्यक्ष कटुवालले स्वागत गरेका थिए । त्यस्तै शैक्षिक उपलब्धि हासिक गरेका नानीबाबुहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

यस पटकको डार्टफोर्ड दसैं तिहार शुभकामना साँझको आकर्षण भने संस्थाका अध्यक्ष गजेन कटुवालको परिकल्पना, सम्वाद तथा लेखनमा रामायणको कथामा आधारित ‘दसैं नाटिका’ रह्यो । जसलाई कोरियोग्राफर सुनिता थापाले निर्देशन गरेकी थिइन् । डार्टफोर्डका स्कुल तथा कलेजमा अध्ययनरत नानीबाबु तथा अभिभावकद्वारा अभिनीत नाटिकालाई अत्यन्त सराहना गरिएको थियो । पूर्णरुपमा अंग्रेजीमा अभ्यस्त नानीबाबुहरुद्वारा गरिएको सम्वाद त्यो पनि पौराणिक कथाको भाषाशैलीमा बोल्न लगाउनु र सम्वादलाई मञ्चमा उतार्नु चुनौती रहे पनि नाटिकाको कलाकारहरुले पहिलो प्रयास अत्यन्तै राम्रोसँग गरेको दाबी गरिएको छ ।

सम्वाद अभिनय तथा निर्देशनको हिसाबले नाटिकालाई अत्यन्तै न्याय गरेको कुरा लेखकले बताए भने सो कुरा दर्शकहरुबाट विशेषगरी कलाकारहरुसँग तस्बिर खिचाउन गरिएको आग्रहले समेत पुस्टि गर्‍यो ।

साना–ठूला बच्चाहरुलाई इंगेज गर्ने उद्देश्यअनुरुप कार्यक्रम तय गरिएको थियो । जसमा नेपाली कक्षाका (डार्टफोर्ड नेपाली समाजद्वारा सञ्चालित) नानीबाबुहरुले आफ्नो प्रतिभाले सबैलाई मन्त्रमुग्ध पारेका थिए । स्थानीय कराकाहरुको गीतले अझ रौनकता प्रदान गरेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!