अल्डरसटमा खोले युवा व्यवसायीले ‘मिमिक ड्राईभर्स्’

SHARE:

एटा संवाददाता
अल्डरसट । अल्डरसटस्थित मन्डोरा हाउसमा युवा व्यवसायी कमल थापाले ‘मिमिक ड्राईभर्स्’नामक रिकु्रटमेन्ट व्यवसाय सुरु गरेका छन् ।

ब्रिटिस गोर्खामा रहेर साना तथा ठूला विभिन्न मोडलका सवारी साधनहरु चलाई अनुभव सम्हालेका थापाले ड्राईभर पेसा चाहने र ड्राईभर चाहिने विभिन्न कम्पनीहरुबीच पुलको काम गर्ने उद्देश्यका साथ आफूले गत ३१ अक्टोबरदेखि सो व्यवसाय संचालनमा ल्याएको उनी बताउँछन् ।

आर्मीबाट अवकाश लिएपछि पनि ड्राईभिङ्ग पेसा नै गर्दै आएका थापाले यूकेको ड्राईभिङ्ग नियम कानुन, हाईवे कोड लगायतको बिशेष अनुभव भएकै कारण डाईभिङ्घसम्बन्धि रोजगार दिलाउने सँगसँगै विभिन्न सल्लाह र सुझावहरु दिने जनाए ।
उनले दुईहप्ता नपुग्दै विभिन्न कम्पनीहरुबाट सवारी चालकको एकदमै बढी माग भएकोले आफूलाई बढीभन्दा बढी चालकहरुको खाँचो भएको बताए ।

अत्यन्त सरल स्वभावका थापाले अल्डरसट स्पीकर्स क्लव समेत संचालन गरेका छन् । कार, भेन, लरी, बस चलाइरहेका वा यस पेशामा आउन चाहनेहरुले छिटो भन्दा छिटो ०७९२५८१०२६९ मा सम्पर्क राख्न अनुरोध गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!