पूर्वमन्त्री आलमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

SHARE:

रौतहट । जिल्ला अदालत रौतहटले राजपुरमा भएको बम बिस्फोटको घटनामा पक्राउ परेका कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

उनी विरुद्धको मुद्दामा दुवै पक्षको थुनछेक बहस सकिएपछि शुक्रबार अदालतले आलमलाई थुनामा पठाउन आदेश दिएको हो। वादी तर्फबाट १२ जना र प्रतिवादीको तर्फका २८ जना कानुन व्यवसायीले ८ दिन लगाएर बहस गरेका थिए।

बहस सकिए लगत्तै इजलासमा न्यायाधीश दीपक ढकालले पीडित भनिएका श्रीनारायण सिंह र प्रतिवादी आलमलाई घटनाबारे सोधेका थिए। दुवैले न्यायाधीशसमक्ष आ-आफ्नै कुरा राखेका थिए।

यो आदेशमा चित्त नबुझेमा आलमले उच्च अदालतमा निवेदन दिन पाउँछन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!