एटा संवाददाता ।
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेले च्यारिटी डिनर नाईट आयोजना गरेको छ । गत १६ नोभेम्बर शनिबारका दिन अल्डरसटस्थित एम्पायर हलमा उक्त डिनर कार्यक्रमको आयोजना गरिएको हो । बेलायतको च्यारिटी कमिशनमा दर्ता रहेको उक्त संस्थाको सहयोगार्थ आयोजित च्यारिटी कार्यक्रमलाई रस्मुर बरो काउन्सिलका उपमेयर फ्रेंक रष्ट, लामा गुरु र बिसीसी युकेका अध्यक्ष नरेश गुरुङले संयुक्त रुपमा दिपप्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा लामा गुरु खेम्पो छिरिङ्ग पेन्जोर, खेन्पो निईमा, आमा समूह अध्यक्ष पुष्पा गुरुङ लगायतको समूहले अस्ट मंगलको पाठको वाचन गरेका थिए । बौद्ध धर्ममा आस्थावान भक्तजनहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा आङ्ग लाक्पा शेर्पा लगायतको समूहले स्वागत नृत्य प्रस्तुत् गरेका थिए । त्यस्तै, वाङ्गचु शेर्पा लगायतको समूहले शेर्पा नादिङ्ग सामूहिक नृत्य प्रस्तुत् गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि फ्रेंकले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए भने बिसीसी युके अध्यक्ष नरेश गुरुङले संस्थाले गर्दै आएको विभिन्न कार्यहरुको बारेमा जानकारी दिदैं सहभागीका लागि सबैलाई धन्यवाद दिए । त्यस्तै, बिसीसी युके उपाध्यक्ष हर्क गुरुङले गुम्बा थपबारे जानकारी दिएका थिए भने बिसीसी युके सल्लाहकार मेजर खुशिमान गुरुङ र सह पीआर आस बहादुर गुरुङले ट्रष्टी सदस्यताको प्रमाणपत्र वितरण गरेका थिए ।
विविध साँस्कृतिक कार्यक्रमका साथ सम्पन्न कार्यक्रममा जंग गुरुङ र वहाको धर्म पत्नी लाल कुमारी गुरुङ, गणेश लामा, ब्रिशा गुरुङ, ककुन गुरुङ नेपालमा आएका गायक भिम पौडेल, सिर्जु अधिकारी, प्रसाद खपाडी मगर, लगायत कलाकारहरुले विभिन्न गीत तथा नृत्य प्रस्तुत् गरी कार्यक्रमलाई मनोरञ्जनपूर्ण बनाएका थिए । कार्यक्रममा बिसीसी निवर्तमान अध्यक्ष ले.रि. नारायण प्रसाद गुरुङ उपाध्यक्ष धर्म तामाङ्ग र बिष्णु तामाङ्गले अक्सन संचालन गरेका थिए । अक्सनमा Ang Dawa Sherpa (Cyawa)/ Dolma Sherpa, Capt Dawanuri Sherpa/ Pashi Sherpa,Harka Gurung , Narayan Prasad Gurung ले प्रयोजन गर्नु भएको थियो जसबाट संस्थालाई ठूलो आर्थिक सहयोग संकलन भएको थियो । त्यस्तै, सल्लाहकार मेजर (रि) खुशिमान गुरुङ र सहपीआर आसबहादुर गुरुङले राफल ड्र संचालन गरेका थिए । राफल ड्र मा Sonam Sherpa, Sylwester Stawicki, Dr Toshi Sherpa ले प्रयोजन गर्नु भएको थियो
कार्यक्रमको संयोजक उपाध्यक्ष आङ्ग दावा शेर्पाले प्रमुख अतिथि, अतिथि, कलाकार, कार्यसमिति, ट्रष्टी लगायत सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए भने सपन इन्टरटेन्टमेन युकेका निर्देशक सपन राईले प्रस्तुत् गरेको साउण्डमा सबैले कक्टेल नृत्य प्रस्तुत् गर्दै कार्यक्रम समापन भएको थियो । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युके अध्यक्ष नरेश गुरुङको अध्यक्षमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष आङ्ग दावा शेर्पाले स्वागत मन्तब्य दिएका थिए भने महासचिव रबिन गुरुङले कार्यक्रम संचालन गरेका थिए ।