
एटा संवाददाता ।
अल्डरसट । नेपालीहरुको बाक्लो बसोबास रहेको विश्वास गरिएको अल्डरसट टाउनमा चाईना ओरियन्टल सुपर मार्केटले आउने २४ नोभेम्बर आइतबारदेखि आफ्नो सेवा आरम्भ गर्ने भएको छ । बिशेष गरी नेपाली, चाइनिज, कोरियन, जापनीज, थाईल्याण्ड, मेलिशियन, इन्डोनेशियन, इन्डियन लगायत साउथ एशियनसंग सम्बन्धित सामानहरु थोक तथा खुद्रामा बिक्रि गर्ने उद्देश्यले सो सुपर मार्केट स्थापना गरिएको संचालक मध्येका एक कमल गुरुङले जानकारी दिए ।
उनका अनुसार विभिन्न समुदायका ग्राहकहरुको माँगलाई ध्यानमा राखेर आफूहरुले सुपर मार्केटको शुरुवात गरिएको बताउदै २४ नोभेम्बरका दिन सो सुपर मार्केटको विधिवत उद्घाटन गरिने भएको हुँदा उपस्थितिको लागि सबै ग्राहकबर्गलाई हार्दिक अनुरोध गरेका छन् । सो उद्घाटन समारोहमा स्थानीय रस्मुर बरो काउन्सिल मेयर, काउन्सिलर लिडर, काउन्सिलर, एनआरएनए युके अध्यक्ष पुनम गुरुङ लगायत स्थानीय नेपाली संघसंस्थाका पदाधिकारीहरुको बिशेष उपस्थिति रहने छ ।

‘ग्राहकले दैनिक आवश्यक पर्ने सबै सामानहरु एकै ठाउँमा पाउँन’ भन्ने उद्देश्य अनुरुप आफूहरुले विभिन्न मासुका परिकार, नेपाली सामान लगायत एशियन सामानहरु समेत राखिएको गुरुङले बताए । उनले, आफूहरुले सामानको क्वालिटीलाई बिशेष ध्यान दिईएको र कम भन्दा कम मार्जिन राखेर बिक्रि गरिने जनाए । अल्डरसटमा चाइना लगायत एशियनहरुका लागि बिशेष पसल नभएकोले पनि आफूहरुले एशियनहरुको माँगलाई ध्यानमा राखेर पसल शुरु गरिएको बताए ।
अल्डरसट थुप्रै नेपाली कार्यक्रमहरु आयोजना हुने स्थल पनि हो । आर्मी टाउनको रुपमा समेत परिचित अल्डरसटमा गोर्खा पल्टन समेत रहेको छ । हुन त अल्डरसटमा अरु ग्रोशरीहरु नभएका होइन तर एउटै छानामुनी विभिन्न प्रकारका सामान अर्थात् सबै समुदायलाई लक्षित गरि सुरु गरिएको हुनाले पनि सबै ग्राहकहरुको आवस्यकतालाई पुरा गर्ने विश्वास गर्दछन, । त्यस्तै, एनआरएनए युकेको कार्यालय यसै टाउनमा अवस्थित छ भने हजारौं दर्शक ओइरिने गोर्खा कप फुटबल प्रतियोगिता पनि बर्षौंदेखि यसै टाउनमा आयोजना हुदै आएको छ । बेलायतमा क्रियाशिल तमुधिं युके र मगर संघ युकेको भवन समेत यसै टाउनदेखि नजिकैको टाउनमा रहेको छ ।






