अल्डरसटमा शीरलामाद्वारा प्रवचन सहित अन्तरकृया

SHARE:


एटा संवाददाता ।
लण्डन । बौद्ध धर्म विधिमा आधारित जन्म, मृत्यु र संस्कारलाई एकरुपता ल्याउने प्रयास अनुरुप खेम्पो शीरलामा गुरुङले एक अन्तरक्रिया गरेका छन् । बुद्धिष्ट गुम्बा रेडिङ्गको आयोजनामा गत १७ नोभेम्बरका दिन अल्डरसटस्थित एम्पायर हलमा प्रवचन सहित सो अन्र्तक्रिया गरिएको हो ।बौद्ध दर्शनमा विद्यावारिधी गरेका खेन्पो शीरलामा गुरुङले बौद्ध विधिमा आधारित जन्म, मृत्यु र संस्कारको बारेमा जानकारी गराउदै अत्यन्त सरल तरिकाले बौद्ध धर्मको उत्पत्ति, आर्कषण र यसको पालना लगायतको बिषयमा प्रवचन दिएका थिए । गुरुङ लामा बौद्धष्ट एशोसिएशनका अध्यक्ष समेत रहेका खेन्पो लामाले अहिले गुरुङहरुले जन्म र मृत्यु भएको अवस्थामा गर्दै आएका संस्कार बारे चर्चा गर्दै एकरुपतामा जोड दिएका थिए ।सो अवसरमा विभिन्न सहभागीहरुले राखेका जिज्ञासाहरु खेन्पो लामा गुरुङले स्पष्ट पार्ने प्रयत्न गरेका थिए । उक्त अन्र्तक्रियामा उठेका जिज्ञासाहरुलाई घान्द्रुक समाज युकेका सल्लाहकार नारायणसिं गुरुङ र तमु धिं युके उपाध्यक्ष हरि गुरुङले टिप्पणी गरेका थिए । 

एनआरएनए युके अध्यक्ष पुनम गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा तमु धिं युके अध्यक्ष नन्दजङ्ग, तमु समाज युके अध्यक्ष शिवचन्द्र गुरुङ, बुद्धिष्ट कम्युनिटी युके अध्यक्ष नरेश गुरुङ, तमु फोरम युके अध्यक्ष क्या.रि. राजु लेम गुरुङ, बुद्धिष्ट गुम्बा रेडिङ्गका अभिभावक मेजर जयबहादुर गुरुङ एमभिओ, अभिभावक ले.रि. जसबहादुर गुरुङ लगायतको बिशेष उपस्थिति रहेको थियो ।
बेलायतमा रहेका विभिन्न संघसंस्थाका पदाधिकारीहरुको समेत बिशेष उपस्थिति रहेको कार्यक्रमको पहिलो चरण बिहान महाकालको पूजा अराधनाबाट शुरु भएको थियो । सो अवसरमा प्रमुख लामा खेन्पो शीरलामाले बुद्ध गुम्बा रेडिङ्गका अध्यक्ष ई. खेमबहादुर गुरुङद्वारा लिखित गुरुङ शब्दवली तेश्रो संस्कारको विमोचन समेत गरेका थिए ।


करीब ४०० जना भक्तजनहरुको उपस्थिति रहेको कार्यक्रमबाट भोजन दान सहयोगार्थ ३२०० पाउण्ड, आजीवन सदस्यतापावत बाट ९००० पाउण्ड सहयोग, भक्तजनहरुले चढाएको मण्डलाबाट ९०० पाउण्ड आम्दानी भएको महासचिव कमल गुरुङले जानकारी दिए । त्यस्तै, १००० पाउण्ड भन्दा सहयोग गर्ने १९ जना सहयोगदाता रहेका थिए । निःशुल्क खानाको व्यवस्था गरिएको कार्यक्रममा विभिन्न दाताहरुले भोजन दान गरेका थिए । सो कार्यक्रममा मेजर बुद्धि गुरुङ पानी र एम्पायर हलले चियाकफिको प्रायोजन गरेका थिए भने गुम्बाका प्रमुख लामा समेत रहेका खेन्पो लामाले मण्डलामा भक्तजनहरुले चढाएको रकम भवन खरीद अभियानलाई प्रदान गरे ।बुद्धिष्ट गुम्बा रेडिङ्गका अध्यक्ष ई. खेम बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव एवं कार्यक्रम संयोजक कमल गुरुङले स्वागत मन्तब्य दिएका थिए भने योगेश गुरुङले कार्यक्रम संचालन गरेका थिए । बुद्धिष्ट गुम्बा रेडिङ्गले आफ्नो  स्थापना काल देखिनै विभिन्न धार्मिक कार्यक्रमहरुको आयोजना गर्दैआएको छ भने केहि महिना अघिमात्र आनी छोयाङ्ग डोल्मालाई निमन्त्रणा गरी बृहत च्यारिटी कार्यक्रमको आयोजना गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!