काठमाडौं । राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रदेश ३ भेला सम्पन्न भएको छ । भेलाले १७ सदस्यीय प्रदेश समिति र १५ सदस्यीय काठमाडौँ उपत्यका कमिटि गठन गरेको छ । गोरखापत्रका सिन्धुपाल्चोक संवाददाता चित्र मिजारको अध्यक्षतामा समिति गठन भएको छ । समितिको उपाध्यक्षमा कमल बिश्वकर्मा मकवानपुर, सचिवमा वसन्त परियार धादिगं, सहसचिव सरोज उपरकोटी चितवन, कोषाध्यक्षमा शर्मिला बिश्वकर्मा काठमाडौँ चयन भएका छन् ।
त्यसस्तै सदस्यहरुमा भोजराज बिश्वकर्मा, सिताराम बयलकोटी, बिश्वास नेपाली, रामचन्द्र रम्तेल, गम्भिर बिक, संगम दर्जी, सुशिला बिक, अशोक परियार, सन्दीप सुन्दास, निर्मला नेपाली र श्याम रोक्का चयन भएका छन् ।
संघको काठमाडौँ उपत्यका कमिटिमा राष्टिय समाचार समितिका पत्रकार सुशील दर्नालको अध्यक्षतामा १७ सदस्यीय समिटि चयन गरेको छ । उपाध्यक्षमा गणेश बि.क, सचिव सन्दिप बिश्वकर्मा, सहसचिव निरोज तालागङी, कोषाध्यक्ष सुशीला बिश्पकर्मा, सदस्य पवन वराइली, देवेन्द्र रसाइली, शोभा नेपाली, विरेन्द्र जैरु, अर्जुनसिंह भुल, मुकेश रोक्का, अलिन सुनाम परियार चयन भएका छन् ।
भेलाको उद्घाटन प्रदेश ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिमराम जम्मकट्टेलले गरेका थिए । सो अवसरमा मन्त्री जम्कटेलले दलित समुदाय बारे प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि सङ्घर्ष गर्नुपर्नेमा जोड दिएका छन् ।






