मिस नेपाल अनुष्का लन्डनमा, एनआरएनए यूके अध्यक्ष गुरुङले दिइन् शुभकामना

SHARE:

एटा संवाददाता
लन्डन । मिस नेपाल वल्र्ड २०१९ अनुष्का श्रेष्ठ बेलायत आएकी छन् । उनी ६९ औं मिस वल्र्ड प्रतियोगितामा भाग लिनका लागि गत हप्ता लन्डन आएकी हुन् ।


आउने १४ डिसेम्बरका दिन लन्डनस्थित एक्सलमा मिस वल्र्ड प्रतियोगिता आयोजना हुँदैछ । सो प्रतियोगितामा उनले नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

यसैबीच प्रतियोगिताको तालिम सँगसँगै बेलायतवासी नेपालीहरुसँग समेत भेटघाट गरिरहेकी श्रेष्ठलाई गत शनिबार २३ नोभेम्बरका दिन एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङ सहितको एक टोलीले उनलाई भेटी शुभकामना दिएको छ । भेटमा अध्यक्ष गुरुङले पूmलसहित खादा लगाउँदै एनआरएनए यूके लोगो अंकित मायाको चिनो प्रदान गरिन् । सो भेटमा एनआरएनए यूके महिला संयोजक प्रसुना कँडेल, हेम गुरुङ, शंकर श्रेष्ठ लगायत थिए ।

१२५ वटा देशबाट आएका सुन्दरीहरुसँग प्रतिस्पर्धा रहेका छन् । वर्ष २३, १६५ सेमी अग्ली अनुस्काले सामुदायिक परियोजनाहरुमा काम गर्ने र दुर्गम क्षेत्रको सहयोग गर्न चाहने बताएकी छन् । सन् १९५१ देखि सुरु भएको मिस वल्र्डमा नेपालले भने नेपाल सन् १९९७ बाट भाग लिँदै आएको छ । त्यस्तै गत वर्ष मिस नेपाल २०१८ श्रृंखला खतिवडाले भाग लिएकी थिइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!