साई बाबाको ९४ औं जन्मदिवस अल्डरसटमा

SHARE:

एटा संवाददाता
लन्डन । फार्नबारो साई सेन्टरद्वारा साईबाबाको ९४ औं जन्मोत्सव अल्डरसटस्थित शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरमा मनाएको छ । सेन्टरकी अध्यक्ष सुषमा गुरुङका अनुसार वैदिक मन्त्रको जप साथ गत २३ नोभेम्बर शनिबार दिउँसो ३ बजेदेखि शुरु गरिएको कार्यक्रमको मुख्य उद्देश्य साई बाल विकासका नानीहरुद्वारा बनाइएको कार्ड र भजन एवं साईबाबाको जीवनी र सेवाको दृष्टता दिने वृत्तचित्र प्रर्दशन गरिएको थियो । भक्तजनहरुको सेवा अध्यायमा फुड बैंकका निम्ति विभिन्न खाद्य पदार्थहरु दान गरिएको थियो ।

भजनको सुरुआतमा दिपा र यशोदा कृष्णले अत्यन्त मनमोहक नाटक तमिल भाषामा प्रदर्शन गरेकी थिइन् । पल साई राम गुरुङले भारतीय कत्थक नाटक प्रदर्शन गरेका थिए । जुन क्लासिकल म्यूजिकमा आधारित थियो । त्यसपछि सुरु गरिएको भजन कार्यक्रम गणेश भजन, गुरु, शिव, साई बाबाको जन्मोत्सव भजन र भजन मण्डले सबै भक्तजनहरुलाई मुग्ध बनाएको थियो ।

कार्यक्रमभरि नै ३ घण्टा एकदम श्रद्धा साथ मनाइएको जन्मोत्सवमा वोकिङ्ग, विन्चेस्टर, बेजिङ्गस्टोक, रेडिङ्ग, अल्डरसट र फानबोरोका करिब २०० जना भक्तजनद्वारा मनाइएको थियो । कार्यक्रममा केक, प्रसाद, जल, स्वंयसेवकहरुले वितरण गरेका थिए ।

कार्यक्रममा रोहित गुरुङले स्वागत गरेका थिए भने फार्नबोरो साई सेन्टर अध्यक्ष सुषमा गुरुङले सबै भक्तजनहरुलाई धन्यवाद दिँदै आरतीका साथ कार्यक्रम समापन गरेकी थिइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!