चुम्लुङ्ग रस्मोर शाखाद्वारा चुम्लुङ्ग हिम खरिद

SHARE:

नगेन्द्रराज नेम्वाङ्ग
लन्डन । किरात याक्थुङ्ग चुम्लुङ्ग (कियाचु) रस्मोर शाखाले चुम्लुङ्ग हिम (भवन) खरिद गरेको छ । आफ्नो कार्यकाल सम्हालेपछि चुम्लुङ्ग हिम किन्ने सपना बुनेका शाखा अध्यक्ष जीतप्रकाश मेन्याङ्गबोको सपना साकार भएको छ । गत नोभेम्बर १४ तारिकका दिन उनको हिम खरीद गर्ने सपना पूरा भएको हो ।

गत ९ डिसेम्बरका दिन कार्यसमिति, सल्लाहकार र रस्मोरवासी लिम्बुहरुले आफैंले खरिद गरेको घरमा उपस्थित भई एकसाथ खुशियाली मनाएका छन् । खुशियालीको क्रममा अध्यक्ष जीत प्रकाश मेन्याङ्गबो, पूर्वअध्यक्ष जुरेन्द्र खजुम, सल्लाहकार दिवान लिम्बु, रकम संकलनमा खटेका फागोहाङ्ग लिम्बु र नीरप्रसाद लिम्बु सबैलाई काउन्सिलर रामकुमार लिम्बु र कियाचु केन्द्रीय वरिष्ठ उपाध्यक्ष नगेन्द्रराज नेम्बाङ्गले खादा ओढाई बधाई दिएका थिए ।

कार्यक्रममा सल्लाहकार जुरेन्द्र खजुमले आय–व्यय प्रस्तुत् गरेका थिए भने अध्यक्ष मेन्याङ्बोले विस्तृत रुपमा चुम्लुङ्ग हिम किन्नुको उद्देश्य बताउँदै तनमन धनले सहयोग गर्ने सबै लिम्बु सदस्यहरुलाई धन्यवाद दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!