शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर यूकेको अध्यक्षमा भिम

SHARE:

एटा संवाददाता
अल्डरसट । शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर यूकेको अध्यक्षमा भिम बानियाँ चयन भएका छन् ।

उनी गत आइतबार ८ डिसेम्बरका दिन सम्पन्न कम्युनिटी सेन्टरको साधारणसभाबाट अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । नयाँ कार्यसमितिको उपाध्यक्षमा वाचस्पति रेग्मी, महासचिवमा बिक्रम भट्टराई, कोषाध्यक्षमा हरि भट्टराई, सहकोषाध्यक्षमा गंगा अधिकारी, साँस्कृतिक सचिवमा तानियाँ जैंन र सुशीला पौडेल चयन भएका छन् ।

त्यस्तै, शंकर श्रेष्ठ, दिल रुचेल, भरत श्रेष्ठ, अरविन्द साहनी, प्रदीप रेड्डी, भिमबहादुर गुरुङ, निरज तिवारी, निरज शर्मा, शरद कुल्कुर्नी सदस्यमा चयन भएका छन् । साथै, साधारणसभाले निवर्तमान अध्यक्ष रोहित गुरुङलाई कम्युनिटी सेन्टरको संरक्षकमा चयन गरेको छ ।

त्यस्तै, साधारणसभाले अम्बर मल्ल, शेर सुनार, सुर्जे (रामचन्द्र) गुरुङ, भिम बानियाँ, जीव बेल्वासे, डा. रेजी, पुरन गिरी, निलकण्ठ पौडेल, हरि भट्टराई, विरबिक्रम भट्टराई, बेम थापा, डा. कुमार अग्रवाल, सुष्मा गुरुङ, सुनित जैंन बोर्ड अफ ट्रष्टिजमा चयन भएका छन् ।

साथै, १ जना ट्रष्टिज भने विभिन्न संघसंस्थाको प्रतिनिधित्व हुनेगरी पछि चयन गरिने कम्युनिटी सेन्टरका महासचिव बिक्रम भट्टराईले जानकारी दिएका छन् ।

नवनिर्वाचित अध्यक्ष लगायत पदाधिकारी तथा सदस्य र ट्रष्टीजहरुलाई प्रमुख निर्वाचन आयुक्त एकेन्द्र गुरुङले शपथग्रहण गराएका थिए । निर्वाचन समितिमा अनुप बर्मा र जीव बेल्वासे आयुक्त थिए । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष भिम बानियाँले मन्दिरको कामलाई निरन्तरता दिने, संस्थालाई आर्थिक रुपमा सवल बनाउने लगायतका वचनबद्धता व्यक्त गर्दै सबैलाई धन्यवाद दिए ।

एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ र शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर यूकेका अध्यक्ष रोहितकुमार गुरुङले पानसमा दिप प्रज्ज्वलन शुभारम्भ भएको कार्यक्रममा ग्रेटर रसमुर नेपाली कम्युनिटिका उपाध्यक्ष नेम थापा लगायतले साधारणसभा सफलताको शुभकामना दिँदै आपूmहरुले कम्युनिटी सेन्टरसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै, एनआरनए यूकेका अध्यक्ष पुनम गुरुङले प्रमुख अतिथिको आशनबाट आपूmहरुको सहकार्य र सहयोग अनि सहभागिता हुने विश्वास व्यक्त गरिन् । सो अवसरमा कम्युनिटी सेन्टरका संरक्षक डा. विनोद कुमारले सबैको साथ र सहयोगका लागि धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा महासचिव बिक्रम भट्टराईले वर्षभर गरिएका वैदिक कार्यक्रमका साथै मन्दिर खरिददेखि आन्तरिक निर्माणका गतिविधिहरुको सम्पूर्ण विवरण पेस गरेका थिए । त्यस्तै, कोषाध्यक्ष वाचस्पति रेग्मीले संस्थाको आय–व्यय प्रस्तुत् गर्दै संस्थाको नाममा करिब ६८ हजार पाउन्ड रहेको जानकारी गराए ।

करिब ८० जनाभन्दा बढी सदस्यहरुको उपस्थिति रहेको साधारणसभामा आगामी दिनहरुमा काम गर्न सहज होस् भन्ने उद्देश्यअनुरुप सर्वसम्मतले विधानमा संशोधन गरिएको थियो । शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर यूकेको अध्यक्ष रोहितकुमार गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई महासचिव बिक्रम भट्टराईले सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!