लन्डन । बेलायतमा समाजवादी पार्टीको प्रवास संगठन ‘नेपाली समाज बेलायत’ घोषणा गरिएको छ । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीको बेलायत प्रवास संगठनबीच गत १४ डिसेम्बरमा समायोजन गरी नेपाली समाज बेलायत घोषणा गरिएको हो ।
समाजवादी पार्टीको केन्द्रमा दुई अध्यक्ष भएजस्तै बेलायत शाखामा पनि दुईजना अध्यक्ष बनेका छन् । अध्यक्षमा बालकृष्ण राई र चन्द्रबहादुर गुरुङलाई राखिएको छ ।
राई संघीय समाजवादी फोरमका हुन् भने गुरुङ नयाँ शक्ति पार्टीका ।

सहअध्यक्षमा पनि पाँच जनालाई समेटिएको छ । बसुन्धारा याक्खा, कमलप्रसाद राई, रत्न थापा मगर, बल्लभ गुरुङ र थमन विश्वकर्मा सहअध्यक्ष छन् ।
उपाध्यक्षमा विमला राई, दाबा स्याङबो, राजकुमार राई, मिनु राई, सुमित्रा राई, डा. दिलिपकुमार यादव, हेमकुमार गुरुङ, राजु कँडेल, हुमकुमारी गुरुङ र युमा लिम्बू छन् ।
महासचिवमा मिलनचन्द्र राई, उपमहासचिवमा लिला सेलिङ माबो, चन्त वनेम छन् भने सचिवमा होमबहादुर सुनुवार, कृष्ण गैरे, डा. प्रमोद राई, कुमार घले, मैतलाल लिम्बू छन् । कोषाध्यक्षमा राजेन्द्र नाल्बो र सहकोषाध्यक्षमा धनकाजी गुरुङ छन् ।
नेपाली समाज बेलायतको घोषणा सभाको उद्घाटन अध्यक्ष बनेका चन्द्रबहादुर गुरुङका साथै समाजवादी पार्टीका केन्द्रीय सदस्य भगवान चाम्लिङ र टेकबहादुर थापाले संयुक्त रुपमा पानसमा बत्ती बालेर गरेका थिए ।
नवगठित समितिका पदाधिकारी तथा सदस्यहरुलाई केन्द्रीय सदस्य चाम्लिङले सपथ खुुवाएका थिए






