गोर्खा जिल्ला गुरुङ समाज यूकेले विविध कार्यक्रमका साथ ल्होछार/ल्होसार मनायो

SHARE:

एटा संवाददाता
लन्डन । गोर्खा जिल्ला गुरुङ समाज युकेले गुरुङ (तमु) हरुको मौलिक सांस्कृतिक पर्व ल्होछार/ल्होसारलाई विविध कार्यक्रमका साथ मनाएको छ । गत २८ डिसेम्बर २०१९ शनिबारका दिन अल्डरसटस्थित एम्पायर हलमा मनाइएको हो । उक्त गुरुङ समाजले गुरुङहरुको मौलिक पर्व ल्होछार÷ल्होसारलाई स्थापना कालदेखि नै विविध सांस्कृतिक कार्यक्रमका साथ मनाउदै आएको छ ।

गोर्खाली गुरुङहरु लगायत नेपालीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रमलाई समाजका अध्यक्ष फडकजीत गुरुङ र संस्थापक अध्यक्ष थमप्रसाद गुरुङले संयुक्त रुपमा दिपप्रज्ज्वलन गरी उद्घाटन गरेका थिए ।

नेपालबाट आएका लामा गुरु लोपन सोनम गुरुङ र स्थानीय लामा काजी गुरुङले धार्मिक पूजापाठ समेत गरिएको कार्यक्रममा एनआरएनए युकेका अध्यक्ष पुनम गुरुङले प्रमुख अतिथिको आशनबाट ल्होछार गुरुङहरुको मौलिक पर्व हो भन्दै ‘गुरुङहरुको भाषा, कला, संस्कृति र पहिचान संरक्षण तथा सम्वद्र्धन गर्ने एउटा भरपर्दो माध्यम पनि हो’ भनिन् । साथै, उनले ल्होछारको शुभकामना पनि व्यक्त गरिन् ।

 

विविध साँस्कृतिक कार्यक्रमका साथ सम्पन्न कार्यक्रममा नेपालबाट आएका गायक प्रकाश गुरुङ, खिमा रोका मगर, स्थानीय कलाकारहरु दिनेश गुरुङ, बिरबहादुर गुरुङ, निराराज गुरुङ, सिर्जना गुरुङले गीत प्रस्तुत् गरेका थिए । त्यस्तै, अबिसा गुरुङ, अलिजा गुरुङ, मिन गुरुङ, लक्ष्मण गुरुङ, तुलसी राना, कुमारी गुरुङ, अदिती गुरुङ, अप्सना गुरुङ, रिविका गुरुङ, निकिता गुरुङ, गोरिता गुरुङ, ओसिन गुरुङ, निल राई, गोविन्द गुरुङ, मिचेल गुरुङ, सौरभ गुरुङ, क्यामरोन जोन लगायत कलाकारहरुले नृत्य प्रस्तुत् गरे । उक्त साँस्कृतिक कार्यक्रमको सल्लाहकार बिरबहादुर गुरुङले संयोजन गरेका थिए भने अबिसा गुरुङले नृत्य प्रशिक्षण गरेकी थिईन् ।

कार्यक्रममा समाजका अध्यक्ष फडकजीत गुरुङले प्रमुख अतिथि लगायत अतिथि, कार्यसमिति, कलाकार, लगायत सबैलाई उपस्थितिका लागि धन्यवाद दिदै ल्होछार/ल्होसारको शुभकामना मन्तब्य प्रकट गरेका थिए । गोर्खा जिल्ला गुरुङ समाज युकेका अध्यक्ष फडकजीत गुरुङको अध्यक्षता र महासचिव मान गुरुङको संयोजकत्वमा सम्पन्न कार्यक्रममा सचिव मदन गुरुङले हेल्थ एण्ड सेफ््टीको बारेमा जानकारी गराएका थिए । पाहुनाहरुलाई खादा लगाई स्वागत गरिएको कार्यक्रममा संयोजक एवं महासचिव मान गुरुङले स्वागत मन्तब्य दिदै औपचारिक कार्यक्रमको संचालन गरेका थिए भने सल्लाहकार बलराम गुरुङ, अबिसा गुरुङ र अक्सोना गुरुङले साँस्कृतिक कार्यक्रम संचालन गरेका थिए ।

कार्यक्रमलाई सफल बनाउनका लागि समाजका उपाध्यक्ष मिनकुमार गुरुङ, उपाध्यक्ष नैना गुरुङ, कोषाध्यक्ष दिनेश गुरुङ, सहकोषाध्यक्ष रेशम गुरुङ, सूर्यमान गुरुङ, घन (जोन) घोतोने गुरुङ, मनिराज गुरुङ, एफसी आमा समूह, देउमाया गुरुङ, जुमना गुरुङ, थानेश्वर गुरुङ, देउबहादुर गुरुङ, खड्क गुरुङ लगायत समाजका सिंगो कार्यसमितिले बिशेष भूमिका खेलेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!