नगेन्द्रराज नेम्बाङ्ग
अल्डरसट । किरात याक्थुङ्ग चुम्लुङ्ग रसमोर शाखाले रसमोर याक्थुङ्ग प्रोपर्टी खरीद गरेपश्चात पहिलो बैठक बसी विविध बिषयमा छलफल गरेको छ ।

गत २९ डिसेम्बर २०१९ गत आइतबार दिन अल्डरसटस्थित एम्पायर हलमा बसेको बैठकमा अध्यक्ष जीत प्रकाश मेन्याङ्बोले प्रोपर्टी खरीदको विवरण, उद्देश्य, प्रोपर्टीबाट हुने फाईदाहरु बताएका थिए । त्यस्तै, प्रोपर्टी कोषाध्यक्ष तथा पूर्व अध्यक्ष जुरेन्द्र खजुमले आर्थिक प्रतिवेदन पेश गरेका थिए । आर्थिक प्रतिवेदन उपर केन्द्रिय वरिष्ठ उपाध्यक्ष नगेन्द्र नेम्वाङ्ग र केन्द्रिय सहकोषाध्यक्ष दिपेन्द्र याक्सोले विभिन्न जिज्ञासाहरु राखेका थिए । प्रोपर्टी खरीदका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा खटेका अध्यक्ष मेन्याङ्बोको समूहलाई संस्थापक अध्यक्ष लिला सेलिङ्ग माबोले खादा ओढाई सम्मान गरेका थिए ।
माङ्गेना चुम्लुङ्ग अध्यक्ष कमला लिम्बु र कियाचु युके संस्थापक अध्यक्ष खड्गजङ्ग आङबुहाङ्गले प्रोपर्टी खरीद गर्न सफल भएकोमा शाखालाई बधाई दिदै विभिन्न शिर्षकमा महत्वपूर्ण सल्लाह र सुझावहरु दिएका थिए । केन्द्रीय सह–कोषाध्यक्ष दिपेन्द्र याक्सो, छबी सेलिङ्ग, नीर प्रसाद जबेगु, बल बहादुर थाङदेन, मोति बहादुर मेन्याङबोले आ–आप्mनो जिज्ञासा राख्दै उपयुक्त सल्लाह र सुझावहरु बैठकमा राखेका थिए ।
केन्द्रीय वरिष्ठ उपाध्यक्ष नगेन्द्र राज नेम्बाङ्गले चुम्लुङ्ग शाखा र केन्द्र चुम्लुङ्गबाट सदस्यहरुले पाउने सुविधा बारे प्रष्ट्याएका थिए । बैठकले आगामी शाखा अधिवेशनको मिति १७ मे २०२० मा तोकेको छ । नेपालबाट आएकी वरिष्ठ गायिका मनु नेम्बाङ्गको एकल सोलो कन्सर्ट २९ फेब्रुअरीमा आयोजना गर्ने बैठकले निर्णय गरेको छ ।
शाखा अध्यक्ष जीत मेन्याङबोको अध्यक्षतामा सम्पन्न बैठक सचिव भगिशोर चोङबाङले संचालन गरेका थिए ।






