प्रकाश गुरुङ
फार्नबोरो । पहिलो नेपाली भिसी कुलबीर थापाको जीवनीमा निर्मित चलचित्रका लागि ३ हजार ३० पाउन्ड सहयोग प्राप्त भएको छ ।

जीइनर्जीका सिइओ तथा ब्रिटिस गोर्खा वेलफेयर सोसाईटी (बिजिडब्लुएस) का अध्यक्ष मे रि टिकेन्द्र दल देवान जेपीले २ हजार पाउन्ड, पञ्चासे हर्पनडाँडा समाज यूकेको तर्फबाट महासचिव प्रकाश गुरुङले ५३० पाउन्ड र बिजीडब्लुएसले ५०० पाउन्ड आर्थिक सहगोग गरेका हस्तान्तरण गरेका हुन् । ती सहयोगहरु फिल्मका लेखक तथा निर्देशक प्रदीप शाहीलाई हस्तान्तरण गरिएको हो ।
गत शुक्रबार भएको भेटमा प्रोजेक्ट म्यानेजर गुरुङले फिल्मको प्रगति र फन्डिङको विषयमा जानकारी गराएका थिए । भेटघाट कार्यक्रममा जीइनर्जीका बिजय थापा, तपस गुरुङ र अन्य कार्यलयका कर्मचारीको सहभागिता थियो।






