नगेन्द्रराज नेम्वाङ्ग
मुसाको छोरी हुर्किछे मुसाले आफ्नी हुर्केको छोरीको कन्यादान अर्थात् बिहे गराई दिने विचार फुरेछ । मुसाले आफ्नो छोरीलाई मुसासँग बिहे नगरेर संसारकै शक्तिशाली तत्वसँग बिहे गराइदिने विचार आयो ।
संसारकै शक्तिशाली ‘सूर्य’ अर्थात् घामसँग गएर मुसाले अनुरोध गरिन्, मेरी छोरी तपाईलाई सुम्पिन मनलाग्यो । सूर्यले भनेछ, म शक्तिशाली होइन, म भन्दा शक्तिशाली त बादल हो । किनकी मैले पृथ्वीमा उज्यालो र तापको लागि पठाएको प्रकाश बादल आएर बीच बाटोमा छेकिदिन्छ ।
मेरो केही लाग्दैन । त्यसैले म भन्दा शक्तिशाली बादल भएको कारण बादल कहाँ जानुहोला भनि अनुरोध गर्छन् । मुसाले सोही बमोजिम बादललाई आफ्नो छोरी कन्यादान दिने प्रस्ताव राख्छिन् बादलले म भन्दा शक्तिशाली पहाड हो ।
पहाडले मलाई अघि बढ्न दिँदैन, त्यसैले पहाड म भन्दा शक्तिशाली भएको कारण तपाईको छोरी पहाडसँग बिहे गरिदिनु भनि बादलले मुसालाई भन्छिन् । मुसाले बादलको कुरा सुनी पहाडलाई कुरा राख्छिन् । म भन्दा शक्तिशाली मुसा तपाई स्वयं हुनुहुन्छ । मलाई भत्काउने, जातततै दुलो बनाउने, मेरो कुरुप बनाउने तपाई नै हुनुहुन्छ भनेपछि मुसा दंग पर्छे र आफ्नो छोरी मुसासंग नै शुभविवाह गरिदिन्छ । मुसामा यति शक्तिरहेछ पहाडलाई नै ध्वस्त बनाउने ।
प्रस्तुत् कथामा शक्तिको चर्चा गरिएको छ । शक्तिलाई अध्यात्मामा उर्जा पनि भनिन्छ । यो पृथ्वी विश्व ब्रम्हाण्ड उर्जाले नै सुचारु भइरहेको हुन्छ । शक्ति मान्छेको उमेरमा हुन्छ । शक्ति इच्छाशक्तिसंग जोडिएर आएको हुन्छ । शक्ति सम्पत्तिमा हुन्छ । शक्ति ज्ञानमा पनि हुन्छ । शक्ति खानेकुरामा हुन्छ । शक्तिवान भयो भने मान्छे धनी बन्छ, लिडर बन्छ, रोग लाग्दैन । हामीले यो थाहा पाउनु पर्यो । स्वयं हामी भित्र अपार शक्ति रहेछ भनि बुझ्नु पर्यो । त्यही शक्ति प्राप्तका लागि स्वस्थकर खानपान, नियमित योग, व्यायाम, असल व्यक्तिको संगत गर्नुपर्दछ ।






