विश्व साहित्य मञ्च स्वीन्डन शाखाको दोस्रो घरेलु कार्यक्रम

SHARE:

जयराम तामाङ
लन्डन । विश्व साहित्य मञ्च स्वीन्डन शाखाको दोस्रो घरेलु कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

विश्व साहित्य मञ्चका केन्द्रीय महासचिव केदार संकेतको प्रमुख आतिथ्यमा स्वीन्डनको पुरानो सहरस्थित याक द हिमालय रेस्टुरेन्टमा उक्त कार्यक्रम सम्पन्न भएको हो । मञ्चका अध्यक्ष लालसुन्दर राईको सभापतित्वमा भएको कार्यक्रम महासचिव जानु काम्बाङ्गले सञ्चालन गरेकी थिइन् । उपाध्यक्ष भरत लोहरुङ्घ राईले स्वागत मन्तव्य दिएका थिए । उपाध्यक्ष चन्द्रकला लिम्बूले सुस्काइरहेको छ भन्ने शीर्षकको कविता वाचन गरेकी थिइन् भने कोषाध्यक्ष नानु रानाले अंग्रेजी निजी स्कुल र औचित्यहीन युद्ध लडे भन्ने शीर्षकको कविता सुनाएकी थिइन् ।

अध्यक्ष लालसुन्दर राईले जिन्दगी ढुकाइरहेछ र जिन्दगी सपना भइरहेर, सदस्य जय तामाङले येशूको जन्मको बारेमा र मुक्ति भन्ने शीर्षकको कविता अनि केन्द्रीय महासचिवले तिमी हराएपछि, चौभार र म मृत्यु कुरेर बस्दा, जूनको प्रकाशमा भन्ने शीर्षकका कविताहरु वाचन गरेका थिए । उपाध्यक्ष भरत राईले सेमन्त राई र उनको धर्मपत्नी रीता राईले पठाएको मुक्तक र आफ्नै रचनामा महाविर पुनको बारेमा लेखेको मुक्तक अनि स्वीन्डन शाखाका महासचिव जानू काम्बाङ्गले कल्पनाको उनी, फर्कि आएन परदेशी, ताराहरु बाबा भन्ने शीर्षकका गरी दुई दर्जन जति कविता र मुक्तकहरुले वाचन हुादा कार्यक्रम साहित्यमय भएको थियो ।

अन्तमा महासचिव संकेतले कविताहरुको समीक्षा गरेका थिए भने कार्यक्रम समापनपछि जानू काम्बा¨ र नानू रानाले बनाएका मीठो अनि विभिन्न प्रकारका स्वादिष्ट भोजनको साथमा भरत राईको बाँसुरीको धुन, जानू काम्बा¨को बिनायो र मुर्चु¨ाले कार्यक्रममा झन् रौनक थपेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!