गायिका आस्था राउत : चौबन्दीमा कि चौकीमा ?

SHARE:

काठमाडौं । पछिल्लो समय चर्चित गायिका आस्था राउत भाइरल बनेकी छन् । उनको सांगीतिक प्रस्तुतिले नभई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा प्रहरीसँग भएको विवादमा सामाजिक सञ्जालमा उनले दिएको अभिव्यक्तिपछि उनी भाइरल बनेकी हुन् । प्रहरीलाई सबक सिकाउन फेसबुकबाट उनले दिएको सन्देशले उल्टै उनलाई विवादमा पारेका छन् ।

गायिका आस्था राउतविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ पुर्जी जारी गरिसकेको छ । आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंले उनीविरुद्ध अभद्र व्यवहार गरेको भन्दै प्रशासन कार्यालयमा उजुरी दर्ता गराएको थियो ।

सांगीतिक कार्यक्रमको लागि आस्था अहिले भारतको सिक्किममा छिन् । अब उनी नेपाल आउनेबित्तिकै पक्राउ गर्न प्रहरीलाई बाटो खुलेको छ । काठमाडौं प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार जिल्ला प्रशासनबाट आस्थाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।

अभद्र व्यवहारमा २५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न र एक वर्षसम्म जेल र १ लाख सम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ । आस्थाले गत बुधबार सामाजिक सञ्जाल फेसबकुमार्फत प्रहरीलाई गाली गरेको भिडियो सार्वजनिक गरेकी थिइन् ।

भारत जाने क्रममा भद्रपुरको उडान भर्ने बेला त्रिभुवन विमानस्थलमा जाँचका क्रममा प्रहरीले आफूलाई हातपातसहित दुर्व्यवहार गरेको गायिका आस्थाले आरोप लगाएकी थिइन् ।

विवादका कारण
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गायिका आस्था राउतलाई चेकजाँचको क्रममा प्रहरीले ‘दुव्र्यवहार’ गरेको विषयमा पछिल्लो समय पक्ष र विपक्षमा बहस भइरहेको छ ।

१ माघमा भद्रपुर जाने क्रममा विमानस्थलको आन्तरिक टर्मिनलमा चेकजाँचका क्रममा गायिका राउत र महिला प्रहरीबीच विवाद भएको थियो । यो विवादमा कसैले प्रहरीको आलोचना गरेका छन् भने केहीले गायिका राउतकै कमजोरी औँल्याएका छन् ।

प्रहरीले शुक्रबार सिसिटिभी भिडियो सार्वजनिक गरेको छ । भिडियोमा प्रहरी चेकजाँचलाई राउतले असहयोग गरेको देखिन्छ । तर, प्रहरीले आफ्नो बचाउका लागि विमानस्थलको संवेदनशील भिडियो अनौपचारिक रूपमा सार्वजनिक गरेको हो ।

प्रहरीमाथि लगाएका आरोपमा राउतले माफी मागेकी छिन् । तर, आफूमाथि दुर्व्यवहार नै भएको उनको दाबी छ । ‘तँ’ भनेर हेपेको तथा कफी झोलामा पोखिदिएको उनको आरोप छ । गायिका राउतले आफूलाई दुव्र्यवहार गरेको भन्दै महिला प्रहरीले महानगरीय प्रहरी कार्यालयमा उजुरी गरेपछि यो प्रकरण झन् पेचिलो बनेको छ । यस विषयमा विस्तृत अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी शैलेश थापा क्षत्रीले बताए ।
समग्रमा प्रहरीको व्यवहार रुखो रहेको राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारी बताउँछिन् । ‘सर्वेन्द्रजी र पुष्करजीले राम्रोसँग बोलेर मात्र प्रहरीप्रति जनता खुसी हुन सक्दैनन्,’ उनी भन्छिन्, ‘प्रत्यक्ष रूपमा जनतासँग डिल गर्ने प्रहरीको व्यवहारमा आमूल परिवर्तनको खाँचो छ ।’
आफैँ पनि प्रहरीको व्यवहारबाट पीडित भएको उनको अनुभव छ । भन्छिन्, ‘पद थाहा नहुँदा रुखो व्यवहार हुन्छ, पद थाहा पाएपछि अर्कै व्यवहार हुन्छ, त्यो ठीक होइन, आमव्यक्तिलाई प्रहरीले सधैँ नरमता देखाउनुपर्छ ।’ दैनिक जनतासँग डिल गर्ने एयरपोर्टजस्ता ठाउँमा काम गर्ने प्रहरीलाई व्यवहारसम्बन्धी विशेष तालिमको आवश्यकता हुने उनको भनाइ छ । आमनागरिकलाई प्रहरीले अपराधीको जस्तो व्यवहार हुने गरेको उनी बताउँछिन् ।

खासगरी तल्लो तहका प्रहरीको व्यवहार राम्रो हुन नसकेको प्रहरी अधिकारीहरूले आफैँ पनि स्वीकार गर्दै आएका छन् । सुधारका लागि विभिन्न प्रयास पनि गर्दै आएको छ । यसका पछाडि समाज, प्रहरीको तालिम र सुविधासमेत जोडिएको प्रहरी अधिकारीहरू बताउँछन् । समाज जस्तो छ, प्रहरी त्यसभन्दा फरक हुन नसक्ने उच्च प्रहरी अधिकारीहरूको भनाइ छ । पूर्वप्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल भन्छन्, ‘प्रहरी भनेको समाजको एउटा भाग हो, समाज जस्तो छ, प्रहरीमा समाजको अनुहार देखिन्छ ।’

प्रहरीको व्यवहार कमजोर हुनुमा आधारभूत तालिममा पनि कमजोरी रहेको प्रहरी अधिकारीहरू बताउँछन् । प्रहरीलाई जनताको सेवक हौँ भन्ने भावना आउने गरी गरी तालिम दिने प्रणाली विकास हुन सकेको छैन ।

त्यस्तै, प्रहरीको रुखो व्यवहार उनीहरूको सेवासुविधासँग समेत जोडिने गरेको छ । ‘दिनमा १५ घन्टासम्म ड्युटीमा खटिनुपर्ने, तर तलबले जीवन धान्नसमेत नपुग्ने अवस्थामा हाँसेर प्रहरीले सेवा दिन गाह्रै हुन्छ,’ एक प्रहरी अधिकारी भन्छन्, ‘प्रहरीको रासन–भत्तासमेत नबढेको चार वर्ष भइसक्यो, यस्ता कुरामा पनि ख्याल गरिनुपर्छ ।’

राजेश, दीपकको सुझाव
गायक राजेश पायल राईले गायिका आस्था राउतलाई ठूली भैसकेकाले धेरै रुन्ची नबन्न सुझाब दिएका छन् ।
त्रिभुवन बिमानस्थलमा प्रहरी जवानबाट आफूमाथि दुव्र्यवहार भएको भन्दै फेसबुक लाइभमार्फत आक्रोशपूर्ण अभिव्यक्ति दिएपछि आस्था विवादमा तानिएपछि गायक राईलै यस्तो सुझाव दिएकाा छन् ।

विमानस्थलको सिसिटिभी फुटेज सार्वजनिक भएपछि पुनः गायिका आस्था रुँदै फेसबुक लाइभमा आएकी थिइन् । राजेश पायल राईले भारतीय सुपरस्टार शाहरुख खानलाई कट्टुमै चेक गरेको प्रसंग निकाल्दै उनले माया लिनेले घृणा पनि सहनु सक्नुपर्ने बताएका छन् ।
‘धेरै रुन्ची नबन अब तिमी ठूली भइसक्यौ’ राजेशले लेखेका छन् । साथै उनले आस्था र प्रहरी कर्मचारी दुवै सुध्रिन आवश्यक रहेको उल्लेख गरेका छन् ।

त्यस्तै, कलाकार दीपकराज गिरीले गायिका आस्था राउतलाई माफी माग्न सुझाव दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आस्थालाई सम्बोधन गर्दै दीपकले लामो स्टाटस लेखेका छन् ।

एयरपा्र्टमा भएको घटनाप्रति प्रहरीसँग माफी माग्न सुझाव दीपकले आस्थालाई दिएका हुन् ।

सिक्किमबाट आस्था राउतले यसो भनिन्
आइतबार गायिका आस्था राउतविरुद्ध जिल्ला प्रशासन कार्यालयले पक्राउ पुर्जी जारी गर्यो । आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंले उनीविरुद्ध अभद्र व्यवहार गरेको भन्दै प्रशासन कार्यालयमा उजुरी दर्ता गराएको थियो ।

सांगीतिक कार्यक्रमको लागि आस्था अहिले भारतको सिक्किममा छिन् । अब उनी नेपाल आउनेबित्तिकै पक्राउ गर्न प्रहरीलाई बाटो खुलेको छ । यो सँगै आस्था प्रहरीको सूचीमा फरार अभियुक्त बनेकी छन् ।

अभद्र व्यवहारमा २५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न र एक वर्षसम्म जेल र १ लाखसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ ।
आस्थाले गत बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रहरीलाई गाली गरेको भिडियो सार्वजनिक गरेकी थिइन् ।

भारत जाने क्रममा भद्रपुरको उडान भर्ने बेला त्रिभुवन विमानस्थलमा जाँचका क्रममा प्रहरीले आफूलाई हातपातसहित दुव्र्यवहार गरेको गायिका आस्थाले आरोप लगाएकी थिइन् ।

निकै आक्रोशित आस्थाले प्रहरीविरुद्ध तल्लो स्तरको भाषामा गालीगलौज गरेकी थिइन् ।
यसैबीच, गायिका आस्थाले आफूविरुद्ध पक्राउ पूर्जी जारी भएको खबर सुन्नासाथ फरार अभियुक्त नभनिदिन आग्रह गरेकी छिन् । आस्था अहिले सांगीतिक कार्यक्रमका लागि भारतको सिक्किममा छिन् ।

आफू नेपाल आउनासाथ प्रहरीको सम्पर्क मा आउने आस्थाले बताइन् । आफूमाथि अभद्र व्यवहार भएको, पछि रिसमा प्रहरीलाई जथाभावी गाली गरेको उनले बताएकी छिन् । आफूले रिसमा बोलेको शब्दप्रति उनले माफी समेत मागिसकेकी छिन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!