जीवनमा योगको महत्व

SHARE:

आधुनिक समयानुसार आधुनिक जीवन जिउन चाहना सबैको आधुनिक जीवन शिक्षा सम्पत्ति मान प्रतिष्ठा प्राप्त गर्न सफल भएता पनि स्वास्थ्य र आनन्द प्राप्त गर्न भने सकिरहेको छैनौं ।
शारीरिक रुपमा स्वस्थ एवं मानसिक रुपमा आनन्द प्राप्तका लागि योगनै उच्चत्तम उपाय मानिएको छ । योगले शरीर, मन र आत्मालाई एकाकर बनाई मन, शान्त स्थित रहन मद्दत गर्दछ । योगासनको निरन्तर अभ्यासले शारीरिक, मानसिक र अध्यात्मिक व्यक्तित्व विकास हुने गर्दछ । आसन गर्दा श्वास प्रश्वासलाई ध्यानमा राखेर विस्तारै गर्दा मानसिक शान्त फाईदा हुने गर्दछ ।

योगासनबाट शरीरमा स्फुर्तिको जागरण हुन्छ, हल्का हुन्छ । मानसिक तनाव घट्दछ, निन्द्रा राम्रो लाग्दछ, पाचनक्रिया बलियो हुन्छ, अल्छिपन हट्छ, शरीर निरोगी बन्छ । छाला नरम भई शरीर अनुहारमा चमक आउने गर्दछ ।
विभिन्न किसिमका रोग र बिरामी मानिसहरुलाई योगासन र प्रणायामद्वारा उपचार गर्न सकिन्छ । योगमा जति उमेर ढल्किदै गयो उति बढी साधानमा रमाउने र जीवन बिताउने सरल सहज माध्यम बन्छ । योगासन युवायुवति देखि लिएर बयोवृद्ध उमेरका सबै व्यक्तिले गर्न सकिन्छ ।

योग कक्षामा स्वस्थ्यकर भोजन, गहन आराम, प्रणायाम र ध्यान पनि जोडिएर आएको हुन्छ । योगासन व्यायामले शरीरको लचकता बनाई शरीर शुद्धि हुनुमा मद्दत गर्छ भने प्रणायाम र ध्यानले एकाग्र भई आनन्द प्राप्त गर्न सकिन्छ समग्रमा भन्नु पर्दा जीवन र जगतमा सुख र शान्त संग बाँच्ने कलाको नाम योग भनि बुझ्न सकिन्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!