बेलायतमा ‘मि न्होर्बै ट’ प्रदर्शन

SHARE:

एटा संवाददाता
लन्डन । गुरुङहरुको कला र संस्कृतिमा आधारित ‘मि न्होर्बै टÚ (आँखाभित्रको पूmल) नामक गुरुङ भाषाको चलचित्र प्रदर्शन भएको छ ।
गत २६ जनवरी आइतबारका दिन अल्डरसटस्थित एम्पायर हलमा सो चलचित्र प्रदर्शन गरिएको हो । पछिल्लो समय नेपाली चलचित्रको गन्तव्यस्थल बन्दै आएको बेलायतमा विभिन्न गुरुङ भाषाका चलचित्र पनि प्रदर्शन हुँदै आउने क्रममा सो चलचित्र प्रदर्शन भएको हो ।


चलचित्रमा मिस चितवन २०१७ सुमन गुरुङले विशेष भूमिका खेलेकी छन् । खेमराज घले, पवित्र गुरुङ, सुमित गुरुङ, एलिजा गुरुङ, रोशनी गुरुङ, धर्मदेव घले, चन्द्रप्रसाद गुरुङ, अमिर गुरुङ, बिबेक गुरुङ, दुर्गा गुरुङ, गल गुरुङ लगायतको बेजोड प्रस्तुति रहेको छ ।
आश गुरु्ङ कार्यकारी निर्माता, बुद्धकुमार गुरुङ, राजकुमार गुरुङ र अमिर गुरुङ (निदरल्यान्ड) निर्माता रहेको चलचित्रको कथा लेखन तथा निर्देशन उमान सिंह (माओत्से तुङ) गुरुङले गरेका छन् ।

बाहे्रमासे घाटुसरीको कथामा बनेको चलचित्रले गुरुङहरुको मौलिक कला घाटुको संरक्षण तथा सम्वद्र्धन गर्ने दर्शकहरुको भनाइ थियो । माया प्रेम, अन्धविश्वास, लाहुरे संस्कार, गोठालो जीवन, विशुद्ध गाउँले परिवेशमा बनेको चलचित्रका कलाकारहरुले राम्रो अभिनय गरेको दर्शकहरुको प्रतिक्रिया थियो ।

लमजुङ जिल्लाको गिलुङ लगायतको गुरुङ गाउँमा छायांकन गरिएको सो चलचित्र सुरु हुनुभन्दा अघि लामो समय गिलुङको माध्यमिक विद्यालयमा प्रधानाध्यापकको भूमिकामा रहेर काम गरिसकेका गीतकार, चलचित्रकर्मी एकेन्द्र गुरुङले गुरुङ चलचित्रले गुरुङहरुको भाषा, कला र संस्कृति संरक्षण तथा सम्वद्र्धनमा विशेष भूमिका खेल्ने विश्वास व्यक्त गर्दै गुरुङ चलचित्रहरु हेरिदिन आग्रह गरे । साथै, उनले चलचित्रको कथावस्तुबारे समेत बोलेका थिए ।

गुरुङहरुको मौलिक कला र संस्कृतिमा आधारित चलचित्र हेर्नका लागि तमुधिं यूकेका अध्यक्ष नन्दजंग गुरुङ, वरिष्ठ उपाध्यक्ष हित काजी गुरुङ, उपाध्यक्ष जुमकाजी गुरुङ, पूर्वअध्यक्षहरु मे.रि. डमर घले एमबिई, सुर्जे (रामचन्द्र) गुरुङ, ज्ञाम गुरुङ, तमुधिं लन्डन आमा समूहकी अध्यक्ष डिलमाया गुरुङ, बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) लन्डन ब्रान्चकी अध्यक्ष अन्तिम गुरुङ, चार भञ्ज्याङ तमु समाज यूकेका अध्यक्ष मदन गुरुङ लगायत विभिन्न गुरुङ संघसंस्थाका पदाधिकारीहरुको विशेष उपस्थिति रहेको थियो ।

सो चलचित्रबाट बचत भएको केही रकम मृर्गौलापीडित वरिष्ठ पत्रकार राजबहादुर गुरुङको उपचार खर्चमा सहयोग गरिने चलचित्र प्रदर्शनका संयोजक फोटो पत्रकार मिलन तमुले जानकारी दिए । उनले वरिष्ठ पत्रकार राजबहादुर गुरुङका लागि चलचित्र हेर्न आएका दर्शकहरुले छुÂट्टै सहयोगसमेत गरेको र बेलायतस्थित नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले समेत सहयोग गरिरहेको जानकारी दिँदै सहयोग रकम छिट्टै पत्रकार गुरुङलाई पठाइने समेत बताए ।

अल्डरसट ईम्पावरमेन्ट गु्रुपको संयोजनमा प्रदर्शन गरिएको चलचित्र हेर्नका लागि बेलायतका विभिन्न स्थानबाट दर्शकहरु ओइरिएका थिए । साथै, चलचित्र प्रदर्शनमा गिलुङसमाज यूके र चार भञ्ज्याङ तमु समाज यूकेले विशेष भूमिका खेलेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!