आदिवासी अधिकार सुनिश्चित गर्न संघर्ष जारी राख्नुपर्ने : नेफिन यूके

SHARE:

आसफोर्ड (बेलायत) । नेपालको संविधान अझै पनि त्रुटिपूर्ण रहेको भन्दै आदिवासी जनजाति समुदायको अधिकारका लागि संंघर्ष जारी राख्नुपर्ने नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेले बताएको छ । पहिचानलाई संवैधानिक हिसाबले सुनिश्चित गर्न संविधान संशोधन गर्नुपर्ने नेफिन यूकेको धारणा रहेको छ ।

केन्टको आसफोर्डमा चार जातीय संस्थाहरूको संयुक्त आयोजनामा भएको येले संवत ५०८० उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै नेफिन यूकेका अध्यक्ष जङ्ग सुनुवारले जातीय सांस्कृतिक पहिचानलाई अधिकारका रूपमा संस्थागत गर्नुपर्ने विचार राखे । ‘सभ्यता या सांस्कृतिक पहिचानबिना समुदाय पूर्ण हुँदैन । हामीले निरन्तर रूपमा संरक्षण गरिरहनुपर्छ,’ उनले भने, ‘त्यसैले समुदायको पहिचानको संवैधानिक ग्यारेन्टी हुनुपर्छ ।‘šउनले नेफिन संविधान संशोधन गरेर विभेदपूर्ण धाराहरू हटाउनुपर्ने पक्षमा रहेको बताए ।

येले संवतलाई विशेषगरी किरात राई यायोक्खा, किरात सुनुवार सेवा समाज, किरात याक्खा छुम्मा र किरात याक्थुङ चुम्लुङले नयाँ वर्षका रूपमा सामूहिक रूपमा मान्दै आइरहेको छ । संवत्को नाम र गणनाकालमा केही विवादहरू पनि देखिएका छन् । चार समुदायको सर्वोच्च संस्थाहरूको केन्द्रीय समितिले हाल प्रचलित ५०८० लाई नै प्रयोग गर्दै आइरहेको छ । यद्यपि, चारै जातीय संस्थाहÂरूको संलग्नतामा गठित किरात येले संवत् अध्ययन समन्वय समितिले गणनाकालको वैज्ञानिकतामा सवाल उठाउँदै आइरहेको छ । उसले प्रचलित संवतभन्दा १२८१ वर्ष कम भएको येले संवत ३७९९ लाई प्रचलनमा ल्याउन सिफारिस गरेको छ । चार समुदायले संवतलाई येले दोङ, येले तोङ, कुसङ तङ्वे कक्फेक्वा तङ्नामका रूपमा आ–आफ्नो हिसाबाले मनाउँदै आइरहेको छ ।

आसफोर्डमा विगत पाँच वर्षदेखि उत्सव मनाउन थालिएको कार्यक्रम संयोजक याम लिम्बुखिमले बताए । उनले सामूहिक रूपमा चाड मनाउँदा भातृत्वको विकास हुने कुरामा जोड दिए । उत्सव सचिव सकुन सुनुवारले सञ्चालन गरेकी कार्यक्रममा सहसंयोजक अमित याक्थुङवाले स्वागत मन्तव्य र युवा संयोजक नितेश सुनुवारले शुभकामना सन्देश व्यक्त गरेका थिए । कार्यक्रममा चुम्लुङ आसफोर्ड सचिव दिवस थोप्राले सुरक्षाबारे जानकारी गराएका थिए ।

उत्सवको दोस्रो चरणमा चार जातीय संस्थाहरूको सांस्कृतिक प्रस्तुति रहेका थियो । शिशिर याक्थुङ्बाले सञ्चालन गरेको कार्यक्रममा याक्खा समुदायको डोकेनी नाच, याक्थुङ समुदायको केलाङ(च्याब्रुङ नाच), सुनुवार समुदायको ष्याँदर सिली र राई समुदायको साकेला सिली प्रस्तुत गरिएको थियो । यसैगरी, सकुन सुनुवारले सुनुवार भाषामा कोइच कुम्सो नामसेवल, कल्पना राईले साकेवा र सेनन राईले खस नेपालीमा गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सगरमाथा नेपाली समाजका अध्यक्ष चक्रबहादुर राई र अतिथिका रूपमा शान्ताकला राई, कल्पना राई, छत्र वनेम, चित्रबहादुर सुनुवार, गुणराज खायाखिम्, बसुन्धरा राई, मायादेवी सुनुवार, डम्मर सिङ्गक, धन रोगु, देव हुक्पा चोङवाङ, पूर्ण मादेन, लालबहादुर सुनुवार, खड्ग सुनुवार, चित्र सुनुवार, सिरी साम्यू, किरण राई, ध्यानबहादुर राई लगायत थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!