धरौटीमा छुटिन् गायिका आस्था राउत

SHARE:

काठमाडौं । अभद्र व्यवहार कसुरअन्तर्गतको मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौँले गायिका आस्था राउतलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको आजको इजलासले रु चार हजार धरौटीमा छाड्न आदेश दिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचका क्रममा भएको घटनालाई लिएर गायिका राउतले प्रहरी सङ्गठनलाई नै गालीगलौज गरेपछि प्रहरीले कारबाही प्रक्रिया थालेको थियो ।

सोमबार मात्रै प्रशासन कार्यालयबाट चार दिनको म्याद लिएर अनुसन्धान थालेको प्रहरीले अनुसन्धानमा सहयोग गरेको र गल्तीको महसुस गरेकाले आजै अनुसन्धान पूरा गरी सरकारी वकिलको कार्यालयलाई मिसिल बुझाएको हो । गायिका राउतले आफूलाई विमानस्थलमा रहेको महिला प्रहरीले ‘तँ’ भनेर दुर्व्यहार गरेको भन्दै अघिल्लो हप्ता सामाजिक सञ्जालमार्फत प्रहरीलाई गालीगलौज गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन् । उक्त घटनाको सीसी टिभी फुटेजमा प्रहरीको भन्दा गायिका राउतको गतिविधि शङ्कास्पद देखिएको प्रहरीको जिकिर थियो । रिहापछि गायिका राउतले आफूले गल्ती गरेको स्वीकार गरेकी छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!