लन्डन । डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको तेस्रो वार्षिक साधारणसभा भव्यताका साथ सम्पन्न भएको छ ।

१९ जनवरीको दिन प्लमस्टिड, लन्डनस्थित चौतारी रेस्टुरेन्टमा बुद्धिस्ट सेन्टरको वार्षिक साधारण सभा सम्पन्न भएको हो । साउथईस्ट लन्डन क्षेत्रमा नेपाली बौद्ध गुम्बाको अति आवश्यक भएको भन्दै तीन वर्षअघि स्थापना गरिएको सो संस्थाले बौद्धधर्म र बुद्धको दर्शन प्रवर्द्धनको कार्यक्रमहरू अविछिन्न रुपमा सञ्चालन गर्दै आएको छ । संस्थाका अध्यक्ष सुमलकुमार गुरुङले गुम्बा निर्माणका लागि आर्थिक संकलन गर्ने अभियान पनि नियमित रुपमा बढिरहेको साधारणसभामा जानकारी गराए ।
वार्षिक साधारणसभामा नेपाली जातीय संघसंस्थाका प्रतिनिधि, अध्यक्ष, संस्थाका पदाधिकारी र सदस्यहरूको बाक्लो उपस्थिति थियो । यस पटकको साधारणसभामा सबै उपस्थित व्यक्तित्वहरूले छिटोभन्दा छिटो बौद्ध गुम्बा निर्माण गर्नु अपरिहार्य रहेको भनाइ राखेका थिए ।
कोषाध्यक्ष सुर्जा गुरुङको आर्थिक प्रतिवेदन र योगेश गुरुङ, महासचिवको वार्षिक प्रतिवेदन सर्वसम्मत हलले पारित गरेको थियो । महासचिवले संस्थाका प्रमुख गुरु, खेन्पो शिरलम गुरुङद्वारा प्रेषित शुभकामना सन्देश पढेर सुनाएका थिए ।
अध्यक्षले संस्थाले वर्षभरी सञ्चालन गरिने कार्यक्रमहरू उपर प्रकाश पारेका थिए । हलले ती सबै बुँदाहरू सर्वसम्मत परित गरेको थियो ।
कार्यक्रममा उपाध्यक्षद्वय हितमान गुरुङ र मिना गुरुङले स्वागत तथा शुभकामना व्यक्त गरेका थिए । राम गुरुङ, श्रीचन्द्र गुरुङ, केश गुरुङ, हिराप्रसाद गुरुङ, अङ्कित गौचन, हेम छन्त्याल, धन गुरुङ, ले.दिलबहादुर गुरुङ, सुशील प्रजापति, ओमप्रसाद गुरुङले शुभकामना मन्तव्य राखेका थिए ।
साधारणसभामा छलफलपश्चात् हलको निर्णयबमोजिम यस वर्षमा बुद्धजयन्ती, धार्मिक तीर्थयात्रा, सिन्धुव्रत, च्यारिटी, ग्रहशान्ति वा क्यावसी पूजा र अन्य महान् गुरुहरूको आगमनको अवसरमा पूजा प्रवचन कार्यक्रमहरू सम्पन्न गरिने विषयमा निर्णय गरियो ।
अन्तमा अध्यक्षद्वारा कार्यक्रम सफल पार्नका लागि अहोरात्र खटेका उपाध्यक्ष मिना गुरुङ लगायत सबै आमा समूह तथा सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरेर तेस्रो साधारणसभा समापन गरिएको थियो ।






