नोवल कोरोना भाइरसले विश्वमा हलचल, चीनको सबै राज्यमा संक्रमण फैलियो

SHARE:


काठमाडौं । चीनका सबै राज्यमा कोरोना भाइरसको संक्रमण फैलिएको पुष्टि भएको छ । पछिल्लो पटक तिब्बतमा पनि संक्रमित भेटिएको छ । कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या बढेर १सय ७० पुगेको छ । संक्रमितको संख्या ७७ सय ११ पुगेको छ । विभिन्न १६ मुलुकमा समेत संक्रमण फैलिएको छ ।

चीनको वुहान शहरबाट जनवरी २९ मा यो भाइरस फेला परेको थियो । चीनका विभिन्न शहरमा आवत जावतमा प्रतिबन्ध लगाइएको छ भने चिनियाँ फुटबल संघले सन् २०२० भरीका सम्पूर्ण खेल सारेको घोषणा गरेको छ ।

विभिन्न मुलुकले चीनमा रहेका आफ्ना नागरिक फिर्ता लगिरहेका छन् । विश्व स्वास्थ्य संगठनको विश्व स्वास्थ्य आपतकालबारे निर्णय गर्न महत्वपूर्ण बैठक गर्दैछ । यो भाइरसको अहिलेसम्म निश्चित उपचार र खोप पत्ता लागेको छैन । एजेन्सी

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!