आहा गोल्डकप फागुन २२ देखि

SHARE:

पोखरा । ‘खेलकुदको विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यका साथ सहारा क्लब पोखराले आगामी फागुन २२देखि चैत १ गतेसम्म १८ औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

विगत १९ वर्षदेखि पोखरामा फुटबल तथा सामाजिक विकासमा होमिदै आएको सहाराले गर्ने प्रतियोगितामा आयोजक सहारा सहित नेपालका चर्चित ‘ए’ डिभिजन क्लब संगै विदेशी टिमको सहभागिता हुने क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिएका छन् । सहाराले १८ औं संस्करणको प्रतियोगिता बाट अनुमानित आम्दानी १ करोड १८ लाख १ हजार रुपैयाँ र अनुमानित खर्च ९९ लाख ३८ हजार ५ सय रुपैयाँ प्रक्षेपण गरेको छ भने खर्च ९९ लाख ३८ हजार ५ सय रुपैयाँ हुने जनाएको छ । सहाराले आफ्नै कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले प्रतियोगितामा वचत हुन आएको रकम क्लबबाट संचालित सहारा फुटबल एकेडेमीमा खर्च गरिने बताए । हाल एकेडेमीमा तेस्रो व्याचका १५ जिल्लाका २४ जना बालकहरु आश्रित छन् ।

यस प्रतियोगितालाई पहिलो संस्करण देखी नै मुख्य प्रायोजकको रुपमा हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउले गरेको छ । साथै दोश्रो पुरस्कार प्रायोजक हिमा–अस एजुकेशन कनसेल्टेन्सी, वेष्ट अफ फाईभ प्रायोजक पृथ्वी राजमार्ग बस संञ्चालक कम्पनी प्रा.लि. सर्वोत्कृष्ट खेलाडी पुरस्कार अप्रिला स्कुटर, अफिसियल स्पोर्टस वेयर पार्टनर एक्स टेप, अफिसियल बैंक लुम्बिनी विकास बैंक, फेयर प्ले पुरस्कार प्रायोजक रोयल इन्फिल्ड बुलेट बाईक, सर्वा्धिक गोलकर्ता पुरस्कार सनराईज ड्राईभिङ्ग स्कुल प्रा.लि., अफिसियल ड्रिङ्ग वाटर ईको पानी, अफिसियल एयरलाईन्स बुद्ध एयर, अफिसियल हस्पिटल गण्डकी मेडिकल कलेज (जिएमसी), अफिसियल होटल पार्टनर होटल वेयन भेन्यु रहेका छन् ।

साथै गण्डकी प्रदेश सांसद राजिव गुरङ्गबाट ५० हजार, समाजसेवी गणेश शर्माबाट ५० हजार १ सय ५१ रुपैयाँ नगद सहयोग गरेका छन भने मुग्लान रेष्टुरेण्ट एण्ड बार लगाएतले प्रायोजन तथा सहयोगीको भुमिका निर्वाह गरेका छन । आज भएको पत्रकार सम्मेलनमा सहारा यूकेका भोजबहादुर गुरुङले स्वयसेवकहरुको लागि खाजा खर्चका लागि नगद १० हजार प्रदान गरेका छन् ।

निर्णायक ट्रफी (रेफ्री), वेष्ट अफ फाईभ ट्रफी, मेन अफ दि म्याच ट्रफी, सर्वोत्कृष्ट खेलाडी ट्रफी, फेयर प्ले ट्रफी एवं खेलाडी मेडल लगाएत म्यान अफ दि म्याच नगद पुरस्कार प्रत्येक दिन ५ हजार दरले सहयोग रकम सहारा यू.के.ले उपलब्ध गराएको छ । प्रतियोगिताको उद्देश्य पर्यटकीय शहर पोखरालाई स्पोर्टस हब सिटीको रुपमा परिचित गराउँदै नेपाल भम्रण वर्ष २०२० लाई सहयोग पुर्‍याउनु साथै नवप्रतिभावान फुटबल खेलाडीहरुलाई आफ्नो खेल कौशल प्रर्दशन गर्ने उचित अवसर उपलब्ध गराउनु रहेको क्लबले जनाएको छ ।

पत्रकार सम्मेलनमा मुख्य प्रायोजकका निर्देशक प्रकाश केसी, सहारा यूकेका महासचिब धनु थकाली, सहारा अष्ट्रेलियका अध्यक्ष राजमान थकाली लगाएतले प्रतियोगितालाई सफल बनाउन सबैलाई आह्वान गरेका छन ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!