गोमा राना
लन्डन । २६ जनवरी २०२० मिडल्यान्डवासी मगरहरूका लागि एक ऐतिहासिक र अविस्मरणीय दिन हो । बेलायतभरि छरिएरका मगरहरूलाई एकताको गाँठोमा बाँधेर एकताकै सन्देश सञ्चारित गर्दै मगर संघ यूकेको १२ औँ मिडल्यान्ड शाखा गठन भएको छ ।
नेपालमा आदिवासी जनजातिको सबैभन्दा ठूलो जनसंख्या ओगोटेको मगर समुदाय अन्य समुदायको भन्दा फरक भाषा, संस्कृति र परम्परा रहेकाले छुट्टै पहिचान छ ।

मिडल्यान्ड वरिपरि मगरहरूको जनसंख्या दिनप्रतिदिन तीव्र गतिले बढिरहेको अवस्थामा आफ्नो चिनारी के हो ? र यस वरिपरिका मगरहरू एकजुट भएर भावी सन्ततिहरूलाई आफ्नो पहिचानका बारेमा बोध गराउने उद्देश्यले मगर संघ यूके मिडल्यान्ड शाखा स्थापना स्थापना गरिएको हो । मिडल्यान्ड शाखा केन्द्रीय मगर संघ यूकेको १२ औँ अर्थात् अहिलेसम्मकै कान्छो शाखाको रुपमा स्थापना भएको छ ।
हेरिटेज इन्दिया रेस्टुराँ लेसेस्टेरमा सम्पन्न सभामा मगर भाषा, भेषभुषा, कला, धर्म र संस्कृति जगेर्ना गर्दै युगौंयुग जीवित राख्न र सबै मगरहरूको एकताका लागि आफ्नो जातीय उत्थानमा संलग्न भई अन्य जातजातिहरूसँग पनि मैत्रीपूर्ण सम्बन्ध राख्ने उद्देश्यले शाखाको स्थापना गरिएको हो ।
सभामा केन्द्रीय मगर संघको यूकेका अध्यक्ष सुनिल राना, महासचिव रुद्र थापा, ट्रस्टी गोमा राना र सल्लाहकार क्या. वीरबहादुर थापालगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो भने संयोजक क्या. भीम सारुमगरको संयोजकत्व र चित्र रानामगरको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन भएको छ ।
नयाँ जोस, जाँगर, उत्साह र सकारात्मक सोचका साथ मगर समाजमा केही उदाहरणीय र सकारात्मक पक्षको विकास गर्ने उद्देश्यका साथ मगरहरूको बाक्लो उपस्थितिमा चयन गरिएको संस्थापक अध्यक्षमा टङ्क मगर (नोनिटोन), उपाध्यक्ष प्रेम आले (लेसेस्टर), सचिव चम्पा थापा (कोलभेल), सहसचिव खिम थापा (नोनिटन), कोषाध्यक्ष पूर्ण बलाल (कोलभेल) र सहकोषाध्यक्ष दल थापा (पिटरबरो) छन् । सदस्यहरुमा, निरज राना (पेटरबरो), ओम थापा (टेल्फोर्ड), चुडक थापा (कोलभेल), पदम भुजेल थापा (कोलभेल), जामलाल पुन (कोलभेल), बुद्ध थापा (कोलभेल), युवराज थापा (पिटरबरो), जस आले (लेस्टर), श्रीमती विष्णु थापा (कोलभेल), श्रीमती रिना ठेँडीमगर (कोलभेल) चयन भएका छन् ।
भेलाले क्या. भीम सारु (नोनिटन) को संयोजकत्वमा सल्लाहकार समितिसमेत बनाएको छ । सल्लाहकार अन्य सदस्यहरुमा चित्र राना (बर्मिङ्हाम), दल बुढाथोकी (संस्थापक अध्यक्ष यूएसए) पेटरबरा रे रुमा सारु थापा (नोनिटन) छन् ।






