अल्डरसटमा प्रथम भीसी कुलवीर थापाको सालिक बन्‍ने

SHARE:

एटा संवाददाता

लन्डन । नेपालीहरुको बाक्लो बसोबास रहेको मानिएको सैनिक सहरको रुपमा परिचित अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा प्रथम भीसी कुलवीर थापाको सालिक बन्ने भएको छ ।

गत आइतबार २ फेब्रुअरीका दिन अल्डरसटस्थित भेटघाट रेस्टुरेन्टमा गोर्खा मेमोरियल प्रोजेक्टद्वारा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । सन् १९१५ मा भएको प्रथम विश्वयुद्धको क्रममा आफ्नो ज्यानको प्रवाह नराखी घाइते साथीहरुलाई उद्दार गरेबापत बेलायतको उच्च श्रेणीको पदक भिक्टोरिया क्रस (भीसी) बाट सम्मानित कुलवीर थापाको ग्रेटर रस्मुर नेपाली कम्युनिटी यूकेको पहलमा सालिक निर्माण गर्न लागिएको हो । करिब एक लाख २५ हजार पाउन्डको लागतमा बनाउन लागिएको सालिक नेपालीहरुले नै बनाउनु पर्दछ भन्ने उद्देश्य अनुरुप आपूmहरुले निर्माण गर्न लागिएको गोर्खा मेमोरियल प्रोजेक्टका कोर्डिनेटर मेजर खिम गौचनले जानकारी दिए ।

सालिकको मात्र ७५ हजार पाउन्ड लाग्ने र सालिकलाई बसाल्नका लागि थप ५० हजार पाउन्ड लाग्ने बताउँदै एक हजार पाउन्डभन्दा बढी सहयोग गर्ने सहयोगी व्यक्ति वा संस्थाको नामसमेत मार्वल वा ताम्रपत्रमा लेख्ने कोर्डिनेटर मेजर खिम गौचनले बताए । उनले सहयोग गर्न चाहने सहयोगदाताहरुले नगद, चेक, अनलाइन ट्रान्सफर वा गोफण्डबाट आफूले चाहेको रकम सहयोग गर्न सकिने बताए । साथै, उनले अर्को वर्ष २०२१ को समरमा सालिक अनावरण गर्न सकिने बताउँदै करिब ७० हजार पाउन्ड संकलन हुनेबित्तिकै सालिक निर्माण सुरु गरिने जानकारी गराए । त्यस्तै, एनआरएनए यूकेका उपाध्यक्ष पे्रम गाहामगरले गौरवमय इतिहास बोकेको गोर्खाजको बेलायती सरकारले लन्डनमा १९९७ सालमा सालिक बनाएको स्मरण गर्दै प्रथम भीसीको सालिक अल्डरसटमा बन्न लागेकोमा खुसी व्यक्त गर्दै एनआरएनए यूकेको तर्फबाट एक हजार १ पाउन्ड सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कुलवीर थापाको वास्तविक उचाईमा एम्मी उडमेन नामक डिजाईनरले निर्माण गर्न लागेको सालिक निर्माण परियोजनाका उपसंयोजक शेरबहादुर सुनारले, ‘गोर्खा भनेको नेपाली, नेपाली भनेको गोर्खा’ हो भन्दै लिटल नेपालको रुपमा रहेको अल्डरसटमा निर्माण हुन लागेको भीसी थापाको सालिक निर्माण सहयोगका लागि ब्रिगेड अफ गोर्खाज्, विभिन्न व्यक्ति, संघसंस्था, स्थानीय उद्यमी, व्यापारी र व्यवसायीहरुलाई अनुरोध गरे ।

सो पत्रकार सम्मेलनमा ग्रेटर रस्मुर नेपाली कम्युनिटी युकेका अध्यक्ष रामधन राईले सालिक गोर्खाजहरुको जिउँदो इतिहास बन्ने विश्वास व्यक्त गर्दै पत्रकार लगायत सबै सहभागीलाई स्वागत गरेका थिए । त्यस्तै, उनले कम्युनिटीको तर्फबाट एक हजार ११ पाउन्ड सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । साथै, सहभागी विभिन्न संघसंस्थाका पदाधिकारी, उद्यमी तथा व्यापारीहरुले समेत एक हजार पाउन्डभन्दा बढी सहयोेग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सोही बमोजिम त्यस साँझ विभिन्न व्यक्ति र संघसंस्थाहरुले करिब २३ हजार पाउन्ड सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको ग्रेटर रस्मुर नेपाली कम्युनिटीका कोषाध्यक्ष टोप पल्लीले जानकारी गराए ।

बेलायत भ्रमणमा रहेका गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले गोर्खाजहरुको इतिहासबारे बोल्दै सो कार्यको प्रशंंसा गरे । रस्मुर बरो काउन्सिलका लिडर काउन्सिलर डेविड ल्किफोर्डले सो कार्यको प्रशंसा गर्दै काउन्सिलले सो सालिकको मर्मत तथा संहार लगायत सुरक्षासमेत गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै, स्थानीय अल्डरसट क्षेत्रका सांसद लियो डोचार्टीले पत्रद्वारा शुभकामना सन्देश पठाएका थिए ।

रस्मुर क्षेत्रका नेपाली उद्यमी, व्यापारी, विभिन्न संघसंस्थाका पदाधिकारी, व्रिगेड अफ गोर्खाजका अधिकारी लगायत भूतपूर्व गोर्खाजहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा प्रोजेक्टका मिडिया कोर्डिनेटर ओम थापाले प्रोजेक्टको बारेमा बोल्दै विभिन्न संघसंस्थाले सालिकमा नाम राख्न सकेपछि भावीपुस्तासम्म गोर्खाजको इतिहास रहने विश्वास व्यक्त गरे ।

त्यस्तै, ब्रिगेड अफ गोर्खाज्का मेजर मणिराज राईले अल्डरसटमै र भीसी कुलवीर थापाकै किन सालिक बनाउन लागिएको भन्ने बारेमा जानकारी दिएका थिए । उनले १९७० देखि यसै क्षेत्रको चच्क्रुहम फ्लिटमा गोर्खा पल्टन रहेको र अर्को भनेको भीसी थापाले आप्mना घाइते सैनिक साथीहरुलाई युद्ध मैदानबाट बचाउन सफल भएकोले पनि उनको सालिक निर्माण गर्न थालिएको जानकारी दिए । त्यस्तै, प्रोजेक्ट मेनेजर क्या. ग्यारी घलेले ‘सालिक निर्माणपश्चात् प्रत्येक नोभेम्बर ११ को रेमेम्बर्स डे मा परेड गर्नेछौं’ भन्दै कार्यक्रममा सबै नेपालीहरुलाई बोलाएर ‘रेमेम्बर्स डे’ मनाउने बताए । साथै, उनले प्रोजेक्ट निर्माण सम्पन्न गर्नका लागि सबैको साथ र सहयोग आवश्यकतामा जोड दिँदै सहयोग लागि आव्हान गरे ।

ग्रेटर रस्मुर नेपाली कम्युनिटी यूकेकी महासचिव एवं नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बेलायतकी अध्यक्ष प्रमिला लाबुङ राईले सञ्चालन गरेको पत्रकार सम्मेलनमा कान्तिपुरका नविन पोखरेल, रेडियो बीजीडब्लुएसकी गोमा राना, लन्डन नेपाल न्यूज डटकमका शिव भण्डारी, प्रकाश कँडेल, शितलपाटीका वाचस्पति रेग्मी, एभरेस्ट टाइम्सका मिलन तमु, पूर्ण गुरुङ, खुसी लिम्बु लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!