प्रचण्डले पञ्‍चकन्या टेक्दा हर्षोल्लास [तस्बिरहरु]

SHARE:

नुवाकोट पञ्‍चकन्या गाउँपालिकामा शनिबार उत्सवमय वातावरण थियो । जसको केन्द्र वडा नम्बर २ को कालिका माविको खेल मैदान । त्यहाँ  मात्रै होइन गाउँपालिकाको अस्थायी कार्यालय रहेको ३ नम्बर  वडाको घलेभञ्ज्याङमा पनि उस्तै रौनक । त्यस्तो रौनक र मेलाको वातावरण बन्‍नुको कारण थियो पूर्वप्रधानमन्‍त्री एवं नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आगमन ।

गाउँपालिकाले आयोजना गरेको जिल्लाको अन्तरपालिकास्तरीय प्रथम पञ्‍चकन्या चेयरमेन कप भलिबल प्रतियोगिता उद्घाटन कार्यक्रमको मेसो मिलाएर घलेभञ्‍ज्याङमा मध्यान्ह पाइला टेकेका प्रचण्डलाई स्थानीय र पालिकासहित जिल्लाका विभिन्न ठाउँबाट ओइरिएका पार्टी कार्यकर्ता र सर्वसाधरणले भव्य रुपमा स्वागत, सत्‍कार गरे । घलेगाउँबाट स्वागत थाप्दै कार्यक्रमस्थल कविलास पुगेका प्रचण्डको साथसाथमा प्रतिनिधिसभा क्षेत्र नं १ बाट निर्वाचित सरल र इमानदार नेताको पहिचान बनाएका हितबहादुर तामाङ थिए । कार्यक्रम स्थलमा भने नेकपा सांसद नारायण प्रसाद खतिवडा पनि थिए ।

त्यस्तै वाग्गमति प्रदेशकी उपसभामुख राधिका तामाङ लगायत सांसदहरु, जिल्लाका १२ वटै स्थानीय तहका प्रमुख उपप्रमुख लगायत जनप्रतिनिधि र विभिन्न‍ संघ संस्थाका प्रतिनिधिहरुकाे बाक्लो उपस्थिति थियो । ४ घण्टा भन्दा अलि बढी समय घलेगाउँका बिताएका प्रचण्डले गाउँपालिकाको भवन अवलोकन र भलिबल उद्घाटन, खेल अवलोकन र आधा घण्टाको भाषण गरेर काठमाडौं फर्किए । उनले छहरे टोखा सुरुङ मार्ग निर्माण, केरुङ लुम्बिनी रेलमार्ग, छहरे टोखाको जीर्ण अवस्थामा रहेको बाटो निर्माणमा प्राथमिकतासहित नमुना नुवाकोट बनाउने अभियानमा आफ्नो सहयोग हरतहरले सहयोग रहने प्रतिबद्धता जनाएका थिए ।

प्रचण्डअघि बोल्ने जिल्लाका सांसद र जनप्रतिनिधि अनि पञ्‍चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले स्थानीय सरकारको समस्या र केन्द्र सरकारले गर्नु पर्ने कामसहितको माग पत्र वाचन गर्दै हस्तान्तरण गरेका थिए ।

शनिबार सुरु भएको खेलकुद कार्यक्रम भने २८ गते समापन हुने छ ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!