तमुको मृत्यु स‍ंस्कारसम्बन्धी अन्तर्क्रिया

SHARE:

पोखरा । तनुहुँ जिल्लाको शुक्लागण्डकी नगर पालिका-१, थप्रेक गाउँमा शनिबार तमु प्ये ल्हु संघ थप्रेक ईकाई समितिको आयोजनामा तमुको मृत संस्कारसम्बन्धी एक दिने प्रशिक्षण तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्ष हित काजी टु क्ल्हेप्री तमुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा तमु प्ये ल्हु संघ केन्द्रीय महासचिव हर्क योज तमु, तमु प्ये ल्हु संघ केन्द्रीय पच्यु समितिका अध्यक्ष कुल प्रसाद क्रोम्छे तमु, तमु प्ये ल्हु संघ केन्द्रीय क्ल्हेप्री समितिका अध्यक्ष लोक बहादुर टु क्ल्हेप्री तमु, पच्यु पैडी चिवा यार्जङ क्रोम्छे तमु, तमु प्ये ल्हु संघ युके शाखाको अध्यक्ष खुशीमान ल्हेंगे तमु, तमु प्ये ल्हु संघ तनहुँका अध्यक्ष जस ब. प्हच्यु तमु र तमु ह्युल छोंज धीं तनहुँका खेमराज तमु लगायतको उपस्थिति थियो ।

प्रमुख अतिथि हित काजी टु क्ल्हेप्री तमुले हामी तमुहरु अर्काको भाषा बोल्छौ, अर्काको संस्कार सिक्छौ, अर्काको नक्कल गर्छौ, अर्काको देखासिखी गर्छौ, अर्काको धर्म अंगाल्छौ र आफ्नो बिर्सन्छौ यस्तो खतरर्नाक सोच बाट समयमै सजग रहन सम्पूर्ण तमुहरुलाई अपिल गरे ।

त्यस्तै तमु प्ये ल्हु संघ केन्द्रीय बरिष्ट उपाध्यक्ष आई ब. ल्हेंगे तमु, तमु प्ये ल्हु संघ यूके शाखाका अध्यक्ष खुशीमान ल्हेंगे तमु, तमु प्ये ल्हु संघ जिल्ला कार्यसमिति तनहुँका अध्यक्ष जस बं प्हच्यु तमु, तमु ह्युल छोंज धीं तनहुँका अध्यक्ष खेमराज तमु लगायतले मन्तव्य दिएका थिए ।

कार्यक्रममा थप्रेक गाउँ आसपासका गाउँहरु अर्चले, भ्याउते, काप्रेक, काठेपिपल, नया गाउँ,काफलश्वरा, ओखल्दी र रतनपुर लगायतका स्थानीय तमुहरु, खेगी र चोगीहरुको उपस्थिति थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!