पुन मगर समाज यूकेको अध्यक्षमा बल पुर्जामगर निर्विरोध

SHARE:

एटा संवाददाता
लन्डन । पुन मगर समाज यूकेको अध्यक्षमा बल पुर्जामगर निर्विरोध निर्वाचित भएका छन् । गत शनिबार ८ फेब्रअरीका दिन लन्डनस्थित ह्यारो फुटबल क्लबमा सम्पन्न समाजको तेस्रो अधिवेशनले पुर्जामगरको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

सो नयाँ कार्यसमितिको उपाध्यक्षमा तुलचन्द्रद्रतिलिजा, महिला उपाध्यक्षमा मनकुमारी पुर्जा, महासचिवमा कमल पाइजा, कोषाध्यक्षमा चन्द्रराम खोर्जा, सहसचिवमा रुद्रद्रचोचाङ्गी, सहकोषाध्यक्षमा लिल अर्मजा, सांस्कृतिक सचिवमा खिम पुन, सांस्कृतिक सहसचिवमा हिमानी चोचाङ्गी चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा रन पाइजा, छक तिलिजा, अञ्जना पुर्जा, चित्र गर्बुजा, मेषमान पुर्जा, पार्वती पुन, गम गर्बुजा, लिल पुर्जा, बल पाइजा, कृष्ण तिलिजा, खिम पुन निर्वाचित भएका छन् भने मेडिया सचिवमा अंग गर्बुजा चयन भएका छन् ।

साथै, सल्लाहकारहरुमा बिल पुर्जा, तेज रामजाली, अम्बु गर्बुजा, क्याप्टेन कृष्ण पुन, क्याप्टेन राम पुन, हर्क खोर्जा, मन पुर्जा, मनवीर पाइजा र भिम चोचाङ्गी चयन भएका छन् ।

उनीहरुलाई हर्क खोर्जा प्रमुख निर्वाचन आयुक्त, मनबहादुर पुर्जा सचिव र बिल पुर्जा सदस्य रहेको निर्वाचन समितिले निर्विरोध चयन भएको जानकारी गराएका थिए ।

नवनिर्वाचित अध्यक्ष तथा कार्यसमितिका पदाधिकारी, सदस्यहरू र सल्लाहकारहरूलाई प्रमुख निर्वाचन आयुक्त हर्क खोर्जा पुनमगर र सचिव मनबहादुर पुर्जा पुनमगरले सपथ ग्रहण गराएका थिए । सो अवसरमा नवनिर्वाचित अध्यक्ष बल पुर्जाले समाजलाई थप उँचाईमा पु¥याउने विश्वास व्यक्त गदै सबैलाई धन्यवाद दिए ।

कार्यक्रमका प्रमुख अतिथि भिम चोचाङ्गी, विशेष अतिथि कलाकार सरू थापा र अध्यक्ष तेज राम्जालीले दीप प्रज्वलन गरी साधारणसभाको उद्घाटन गरेका थिए । विविध बिषयमा छलफल भएको साधारणसभाले समाजको विधान समेत संशोधन गरेको थियो ।

सो साधारणसभालाई सल्लाहकार क्याप्टेन कृष्ण पुन, अध्यक्ष बल पुर्जा, निवर्तमान अध्यक्ष तेज राम्जाली, सोममाया पुर्जा, सुन पुर्जा, विमला गर्बुजा, दिलमाया चोचाङ्गी लगायतले आर्थिक सहयोग गरेका थिए ।

त्यस्तै, सेलरोटी र आलुदममा मिनकुमारी पुर्जामगर, फकतिसा पुर्जामगर, लुलदेवी गर्बुजा र दिलकुमारी तिलिजाले सहयोग गरेका थिए भने माया पपका प्रोप्राइटर मन पुर्जाले खानपिनको व्यवस्था मिलाएका थिए ।

पुन मगर समाज यूकेका अध्यक्ष तेज राम्जालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई महासचिव कमल पाइजाले सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!