धम्पुस-ब्रेकनको मितेरी सम्बन्ध प्रथम वर्षगाँठ : मेजर खुसीमानबाट मुटुरोगीलाई १ लाख हस्तान्तरण

SHARE:

पोखरा । धम्पुस ब्रेकनको मितेरी सम्बन्धको प्रथम वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

बुधबार मनाइएको वार्षिकोत्सवको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ७ धम्पुसमा नि:शुल्क स्वास्थ्य जाँच पनि गरिएको थियो । मितेरी सम्बन्धले स्थानीयको मात्र नभएर मुलुकको विकास प्रवद्धनका लागि ठूलो टेवा पुग्ने विश्वास माछापुच्छ्रे गाउँपालिकाका प्रमुख कर्णबहादुर गुरुङले ब्यक्त गरे । उनका अनुसार स्वास्थ्य, शिक्षाका साथमा विभिन्न विकासको योजनाको तयारी हुँदैछ । २५ हजार जनसंख्या बसोबास रहेको गाउँपालिकामा १ सय ३० जनालाई प्राणघातक रोग लागेकालाई गाउँपालिका कार्यालयले सिफारिस गरिएको र जसमध्य ६० प्रतिशत क्यान्सर रोग देखिएको छ । रोग लाग्नबाट बच्नका लागि जंकफुडलाई निरुत्साहित गरि विषादी रहित स्वास्थ्यकर तथा गुणस्तर खानामा जोड दिनु पर्नेबारे उनले आग्रह गरे ।

उत्सवको अवसरमा धम्पुस निवासी मुटु रोगबाट ग्रसित राजकुमार विकलाई बेलायतदेखि पठाएको नगद रु. १ लाख रुपैँया धम्पुस ब्रेकनको मितेरी सम्बन्धका सद्भावनादुत मेजर खुसीमान गुरुङले हस्तान्तरण गरेका थिए । सोही समयमा ब्रेकन, वेल्स, युकेमा पनि धम्पुस ब्रेकनको मितेरी सम्बन्धको प्रथम वार्षिक उत्सव विभिन्न कार्यक्रम गरि मनाई रहेको मेजर गुरुङले जानकारी दिए |

कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका ७ धम्पुसका वडा अध्यक्ष समबहादुर गुरुङ, धम्पुस ब्रेकनको मितेरी सम्बन्धका सद्भावनादुत मेजर खुसीमान गुरुङ, सह–संयोजक विष्णु क्षेत्री, सल्लाहकार दलबहादुर गुरुङ, चितवन भरतपुर क्यान्सर अस्पतालका, डाक्टर अयोद्धा पाठक लगायतले स्वास्थ्यका लागि आफै सचेत हुनुपर्नेबारे जोड दिएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!