सफल पोखरा म्याराथनमा एनआरएनए यूकेकी अध्यक्ष लगायतको सहभागिता, संघको तर्फबाट १ लाख सहयोग [तस्बिरहरु]

SHARE:

एनआरएनए यूकेद्वारा पोखरा म्याराथनलाई एक लाख सहयोग
पोखरा । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले एक लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।
शनिबार आयोजित १४ औं संस्करणको म्याराथनमा सहभागी एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङले एक लाख सहयोग प्रदान गरेकी हुन् । सफल पोखरा म्याराथनलाई सहयोग गर्न आफूहरु यसपटक पोखरा आएको अध्यक्ष गुरुङले बताइन् ।

म्याराथनमा देश तथा विदेशबाट सहभागिता रह्यो । अझ म्याराथनको पहिलो उपाधि नै जापानका धावक यत्सुके थाकानासीले जिते ।
म्याराथनको निर्धारित दूरी दुई घण्टा २६ मिनेट ५१ सेकेन्डमा पूरा गरी उनले उपाधि जितेका हुन् ।

थाकानासी पोखरा म्याराथन जित्ने पहिलो विदेशी खेलाडी बनेका छन् । उपाधिसँगै उनले दुई लाख रुपैयाँ पुरस्कार पाए । प्रतियोगितामा सशस्त्र प्रहरीका किरण बोगटी दुई घण्टा २८ मिनेट ८ सेकेन्डमा दूरी पूरा गरी दोस्रो भए । भारतीय सेनामा कार्यरत पर्वतका अनिष थापाले दुई घण्टा २९ मिनेटमा दूरी पूरा गरी तेस्रो भए । दोस्रो भएका बोगटीले एक लाख र तेस्रो भएका थापाले ७५ हजार रुपैयाँ पुरस्कार थापे ।

म्याराथनमा एनआरएनए यूकेको तर्फबाट अध्यक्षसहित संरक्षक मेजर डमर घले, प्रवक्ता रामकुमार गुरुङ, तमु प्हे ल्हु संघ यूकेका अध्यक्ष मेजर खुशीमान गुरुङ, तमुधिं यूकेका उपाध्यक्ष जुमकाजी गुरुङ लगायतको सहभागिता थियो । सल्लाहकारहरु मानप्रसाद गुरुङ, बाचस्पति रेग्मी, नरजंग गुरुङ, सुस्मिता राई, मञ्जु गुरुङ राई, योगेश गुरुङ, महेश गुरुङ, डा. चन्द्र गुरुङलगायत पनि सहभागी थिए ।

१० किलोमिटर दौड पुरुषतर्फको प्रतिस्पर्धामा स्याङ्जाका पूर्णबहादुर कार्की पहिलो, मोरङका याङदेव राई दोस्रो र पर्वतका आशिष कुँवर तेस्रो भए ।
१० किमि महिलातर्फ पहिलो इन्द्रकला राई, दोस्रो अनिता राई र अमेरिकी धावक वेन्डी तेस्रो स्थानमा रहिन् । १० किमि दौडमा पुरुष–महिला दुवैतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः समान १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ पुरस्कार पाए ।

पोखरा म्याराथनमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ ‘रन फर फन’मा सहभागी भएका थिए । भूतपूर्व खेलाडी मञ्च नेपालले प्रतियोगिता आयोजना गरेको हो । पोखरेलीहरू एकैठाउँ उभिएर सफल बनाउने बिरलै कार्यक्रममध्येमा पर्ने पोखरा म्याराथनर हरेक वर्ष प्रजातन्त्र दिवस (फागुन ७) मा हुँदै आएकोमा यसपटक भने फागुन ३ मै भएको हो । म्याराथनमा पोखराका विभिन्न शैक्षिक संस्था, सरकारी, गैरसरकारी संस्था, खेलाडी पनि सहभागी थिए । भूतपूर्व खेलाडी मञ्च नेपालले २०५९ देखि पोखरा म्याराथन सुरु गरेको होर । पोखरा म्याराथन सुरु भएपछि नै काठमाडौं, लुम्बिनी, एभरेस्टलगायत म्याराथनले स्थान पाएका हुन्र । मञ्चका अध्यक्ष तेज गुरुङ पोखरा म्याराथनलाई सबैभन्दा पुरानो, लोकप्रिय र नेपालका अन्य सहरमा आयोजना हुने म्याराथनको पनि मातृ म्याराथन भएको दाबी गर्छन् ।

उनका अनुसार गण्डकी प्रदेश र पोखरा महानगरपालिकाले म्याराथनलाई संरक्षकत्व प्रदान गरेका छन्र । प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रमुख संरक्षक र पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसी म्याराथनका संरक्षक हुन्र । अर्को वर्षदेखि १५ औं संस्करण म्याराथन भने पोखरा महानगरपालिकाले आयोजना गर्ने जिम्मा लिएको छ ।

मुलुकको खेलकुद विकासमा सहयोग पुर्‍याउने र खेलकुदको महत्वबारे जनचेतना अभिवृद्धि गराई समग्र समाजमा खेलसंस्कृतिको विकास गर्ने उद्देश्य म्याराथन गर्दै आएको आयोजकको भनाइ छ ।

१४औं संस्करणको पोखरा म्याराथन सफल बनाउन पोखरेली मञ्च यूकेले भूतपूर्व खेलाडी मञ्च नेपाललाई ७ लाख ५० हजार रुपैयाँ सहयोग गरेको जनाइएको छ । म्याराथन पोखरा रंगशालाबाट सुरु भएको म्याराथनको रुटले महानगरका १ देखि १७ नम्बर वडा छोएको थियो । रुट पर्ने चोकमा स्थानीय विभिन्न सघंसंस्था, आमा समूह र सांस्कृतिक समूहले आ–आफ्नो वेशभूषा, पञ्चेबाजा, भजन, चुड्कासहित सहभागीलाई स्वागत गरेका थिए ।
तस्बिर : सुदर्शन रञ्जित

तस्बिरहरु : सुदर्शन रञ्जित 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!