एटा संवाददाता
लन्डन । यसअघि थुप्रै कभर सङ्गमा स्वर दिएर दर्शक तथा श्रोताको मन जित्न सफल चितवनकी स्वीट्ली गुरुङले आप्mनै स्वरमा रेकर्ड भएको पहिलो गीत सार्वजनिक गरेकी छन् ।

भजन गुरुङको रचना र अञ्जना गुरुङको संगीतमा रेकर्ड भएको ‘चट्ट परेर…’ बोलको गीत म्यूजिक भिडियो गत शुक्रबार १४ फेब्रुअरीका दिन गायिका गुरुङ स्वंयले युट्युवमार्फत सार्वजनिक गरेकी हुन् । सो गीतलाई पछिल्लो समय थुप्रै म्यूजिक भिडियोमा निर्देशन गर्दै आएका कोरियोग्राफर प्रभू गुरुङले निर्देशन गरेका छन् ।
करिब ४ मिनेट ४५ सेकेण्डको गीतको बेलायतका विभिन्न सहरमा छायांकन गरिएको छ । विपिन आचार्यले एरेन्ज गरेको गीतमा रजनी गुरुङ र दिपक थापा मैथाने मगरले अभिनय गरेका छन् भने चमेली थापा मैथाने मगरले अतिथि कलाकारको भूमिका निभाएकी छन् । त्यस्तै, गुणदेव घिमेरीले असिस्टेन्ट क्यामरामेन, सुमन श्रेष्ठले सिनेमाटोग्राफर र नविन निरौलाले सम्पादनको भूमिका निभाएका छन् । युटुबको लागि यहाँ क्लिक गर्नुहोस्- [social icon=”momizat-icon-youtube” link=”https://www.youtube.com/watch?v=0bwMT2YRkm0&feature=youtu.be&fbclid=IwAR3bOzkQGvDq3NyFRjHzbx-FctCZft84lKxM7ri0N14BTxFcipN8EIciEB4″ size=”32″ ]






