भारतको गुजरातमा विश्वकै ठूलो क्रिकेट स्टेडियम

SHARE:

मोटेरा (भारत) । भारतको अहमदाबादस्थित मोटेरामा विश्वकै ठूलो क्रिकेट रंगशालाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । निर्माण पूरा भएपछि रंगशालाको उद्घाटन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट गराउने भारतले तयारी गरेको छ ।

भारत भ्रमणमा आउने तयारीमा रहेका अमेरिकी राष्ट्रपति ट्रम्पबाट सोही अवसरमा रंगशालाको उद्घाटन गराउने तयारी भारतको रहेको छ । भारतीय सञ्चार माध्यमले जनाएअनुसार राष्ट्रपति ट्रम्प यही १२ फागुनमा दुई दिनका लागि भारत भ्रमणका लागि आइपुग्ने छन् । मोटेरामा निर्माणधिन उक्त क्रिकेट स्टेडियममा गुजरात क्रिकेट संघ र भारतको केन्द्रीय सरकारको ठूलो लगानी रहेको छ ।

सन् २०१७ बाट निर्माण सुरु भएको उक्त स्टेडियम एकलाख १० हजार दर्शक क्षमताको रहेको जनाइएको छ । उक्त स्टेडियम निर्माण गर्न १ सय मिलियन डलर खर्च गरिएको जनाइएकोछ । यो स्टेडियम निर्माण पूरा भएपछि विश्वकै ठूलो मैदानको रुपमा स्थापित हुने छ । हालसम्म अस्ट्रेलियाको मेलबर्न क्रिकेट स्टेडियमलाई विश्वकै ठूलो मानिएको छ । जसको दर्शक क्षमता एकलाख रहेको छ ।

गुजरात क्रिकेट संघले सो स्टेडियमको उद्घाटनको अवसरमा एसिया ११ र विश्व ११ बीच च्यारिटी खेलको समेत आयोजना गर्ने तयारी गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!