भ्रमण वर्ष आदिवासीका लागि अवसर कि चुनौती

SHARE:

मुना मोक्तान
रामेछाप । नेपाल भ्रमण वर्ष आदिवासीका लागि अवसर वा चुनौती भन्ने बहस सुरु भएको छ । केही आदिवासी अभियन्ताहरुले यसलाई अवसरका रुपमा व्याख्या गर्नू भएको छ भने केही अगुवाहरुले भ्रमण वर्षले विभेदलाई पनि निरन्तरता दिएको आरोप लगाएका छन् ।

‘आदिवासीहरुसँग प्रदर्शनीकलाहरु प्रसस्तै छन, यसको बजारीकरण गर्ने अवसर भ्रमण वर्षले दिएको छ’ आदिवासी अभियन्ता डा.सोम धिमालले भने– नृत्यकला आदिवासीले प्रदर्शन गर्न सक्छन्, आदिवासी खानेकुराको बिक्री बितरण गर्न सक्छन् । आफनो आफनो थातथलो देखि लिएर भेषभुषाको चिनारी दिएर आफनो पहिचानलाई स्थापित गर्न सक्छन् ।’

तर अर्का अभियन्ता समीर सुनुवार भने भ्रमण वर्षले आदिवासी जनजातिलाई बस्तुका रुपमा उभ्याएको आरोप लगाउनु हुन्छ ।’ भ्रमण वर्ष सुरु भयो, आदिवासीको नाँचगान हेर्न पर्यटक पनि आउलान्, तर यसबाट आदिवासीलाई केही लाभ छैन ।’ सुनुवारले अगाडि भने –‘नेपाल भ्रमण वर्षमा आदिवासी केन्द्रीत कार्यक्रम नै छैन, सरकारको यो परियोजनामा आदिवासी जनजातिलाई महत्व दिइएको देखिदैन ।’

यी दुई थरी बिचारका बीच नेपाल भ्रमण बर्ष सुरु भएको छ । सन् २०२० को पहिलो दिने दशरथ रंगशालामा नेपाल भ्रमण वर्ष २०२० को भव्य सुभारम्भ भएको थियो । राष्ट्रपति बिद्यादेवी भण्डारीले सुरुवात गर्नू भएको कार्यक्रममा बिभिन्न मुलुकका प्रतिनिधिहरुको सहभागिता थियो । यस कार्यक्रमको आकर्षक पक्ष आदिवासी जनजातिहरुको कला, संस्कृति, पोशाक र झाँकी प्रदर्शन थिए । तर भ्रमण बर्ष २०२० पहिलो दिनको कार्यक्रमलाई लिएर आदिवासी अगुवाहरुले भने नेपालको पहिचान प्रस्तुत गर्ने आदिवासीको प्रदर्शनी कला हेर्ने र मनोरन्जनको साधन मात्र भएको टिपप्णी गरेका थिए ।

व्यवासायी चरीमाया मोक्तानको बिचारमा नेपाल भ्रमण बर्षबाट आदिवासी उत्साहित हुनु पर्ने कुनै कारण छैन । ‘यस अभियानले विदेशी पर्यटक बड्छन कि बढ्दैनन् एउटा प्रश्न छ भने बिदेशी पर्यटक नै आए पनि यसको फाइदा केही होटलवाला, एयरलान्स र पर्यटन व्यवासायीलाई मात्र हुने छ ।’ मोक्तानले अगाडि भने –‘आदिवासी जनजातिको ठूलठूला होटल छैन, विदेशी पर्यटकहरु त्यही होटलमा बसेर पिजा र बर्गर खाने हुन्, आदिवासीको होमस्टेमा बस्ने पर्यटक नै हुँदैनन ।’ तर पर्वतारोही पेम्बा शेर्पा भने सबै आदिवासीलाई फाइदा नपुगे पनि हिमाली क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजातिलाई प्रत्यक्ष फाइदा पुग्ने धारणा राख्छन् । ‘नेपाल घुम्न आउने पर्यटकले केही न केही खर्च गर्छन्, त्यो खर्चले हाम्रा आदिवासीलाई अलिकति आर्थिक रुपमा सहयोग पुग्छ ।’ उनले यही प्रसंगमा थपे –‘बारीमा साग रोपे पनि हुन्छ, चिया पसल गरे पनि हुन्छ । हाम्रा मौलिक चिजहरु पर्यटकलाई बेच्न सकिन्छ । हामीसंग बिदेशीले मन मराउने धेरै चिज छन्, ती मौलिक खाना देखि हाम्रो उत्पादन बेच्नका लागि भ्रमण बर्ष सहयोगी बन्न सक्छ ।’

‘नेपाल भ्रमण वर्ष सफल बनाउन आदिवासीको संलगन र सहभागितामा मात्र हुन्छ,’ आदिवासी अभियन्ता डा. धिमाल थप्छन्–‘त्यसका लागि पर्यटकहरुलाई आदिवासीको थातथलोमा पुर्‍याउन सक्नु पर्छ । नेपालका थारु, धिमाल, सतारगाउँहरु पर्यटकका लागि आकर्षण गर्ने पक्ष हुन् । हाम्रा मैथील संस्कृति आफैमा उत्कृष्ट छ । तामाङ, लिम्बू राई गुरुङ लगायत सयाँै जातजातिको मौलिकता देखाउनु पर्छ । यहीबाट आदिवासीले लाभ लिने हो ।’

‘हामी गाउँघरमा होमस्टे चलाउन सक्छौ, त्यहाँ परम्परागत सिपकलाहरु देखाउने सङग्रालय बनाउन सक्छौ ।’ डा. धिमालको भनाइमा यस्ता कलाहरुको प्रदर्शनी समुदायको आयआर्जनसगं जोड्नु उपयुक्त हुन्छ । बिदेशीले हाम्रो रहनसहनलाई बिदेशमा प्रचार गर्छन, यसले पहिचानलाई दीगो र स्थापित गर्दछ ।

डा. धिमालको तर्कसंग सहमति व्यक्त गर्दै अर्का अधिकारकर्मी समिर सुनुवार सम्भावनालाई मूर्त रुप राज्यले दिनु पर्ने मान्यता राख्छन् । नेपाल भ्रमण बर्ष सुरु हुन भन्दा केही दिन अगाडि मात्र पर्यटन मन्त्रालले आदिवासी जनजाति महासंघसंग छलफल गर्नाले पनि कति महत्व पाएको स्पष्ट हुन्छ भन्दै भ्रमण बर्षको प्रमूख सरोकारवाला आदिवासी जनजाति भए पनि सरकारले अन्तिममा मात्र सोध खोज गरेको गुनासो गर्नू हुन्छ । यसकारण आदिवासीलाई केवल देखाउने बस्तु (शो पिस) बनाएको उहाँको आरोप छ ।

नेपाल भ्रमण बर्षको सुरुवात भई सकेको छ । २० लाख पर्यटन भित्राउने महत्वाकाँक्षी यो परियोजना नेपाल सरकारको प्राथामिकता भित्रको परियोजना हो । भ्रमण बर्षको सफलताबाट सबै समूदायलाई सहयोग पुग्नेमा सन्देह छैन, तर राज्यले पनि यसको प्रत्याभूति दिनु पर्दछ ।
(साभारः इन्डिजिनियस फिचर सेवा)

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!