निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि निष्पक्ष र गहन छानबिन गर्न तमु समाज यूकेको माग

SHARE:

लन्डन । तमु समाज यूकेले नेपालका निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि निष्पक्ष र गहन छानबिन गर्न माग गरेको छ ।

संस्थाका अध्यक्ष विन्दु कुमारी गुरुङ घले र महासचिव सुब घलेले सोमबार ४ मे २०२६ मा प्रेस विज्ञप्तिमार्फत् सुधन गुरुङसँग सम्बन्धित पछिल्लो घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सबै आरोपहरुको निष्पक्ष, तथ्यपरक र गहन छानबिन सुनिश्चित गर्न माग गरेका हुन् ।

कुनै पनि व्यक्तिमाथि आरोप लाग्नु मात्रले दोष प्रमाणित नहुने उल्लेख गर्दै सत्यतथ्यको आधारमा निष्पक्ष अनुसन्धान हुनुपर्नेमा जोड दिइएको छ। साथै, छानबिन प्रक्रिया राजनीतिक दबाब वा पूर्वाग्रहबाट प्रभावित हुन नहुने र कानुनी प्रक्रिया अनुरूप अघि बढ्नुपर्ने तमु समाज यूकेको जोड छ ।

तमु समाज यूकेले आरोपहरूको पूर्ण, स्वतन्त्र र पारदर्शी छानबिन गर्न सम्बन्धित निकायसँग माग गरेको छ । साथै, अनुसन्धानका क्रममा व्यक्तिको प्रतिष्ठामा आँच पुग्ने किसिमका गतिविधि नगर्न तथा लोकतान्त्रिक मूल्य–मान्यता कायम राख्न आग्रह गरिएको छ।

संस्थाले यस विषयलाई कुनै व्यक्तिको समर्थन वा विरोधका रूपमा नभई कानुनी शासन र न्यायिक प्रक्रियाको सम्मानका रूपमा उठाएको स्पष्ट पारेको छ । साथै, राजनीतिक दल, सञ्चारमाध्यम र नागरिक समाजलाई जिम्मेवार भूमिका निर्वाह गर्न अपिल गरिएको छ।

तमु समाज यूकेले आगामी दिनमा पनि सुशासन, पारदर्शिता, विधिको शासन र न्यायका मूल्यमान्यताप्रति आफ्नो प्रतिबद्धता रहेको जनाएको छ ।

विवादित व्यवसायीसँग व्यावसायिक साझेदारी देखिएपछि गुरुङले वैशाख ९ मा गृहमन्त्री पदबाट राजीनामा दिएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!