अल्डरसटमा ‘शुभलभ’ प्रदर्शन

SHARE:

एटा संवाददाता
लन्डन । पछिल्लो समय बेलायतमा नेपालीहरुको संख्यामा बृद्धि सँगसँगै नेपाली चलचित्र प्रदर्शनमा समेत वृद्धि हुँदै आएको छ ।

गत आइतबार १६ फेब्रुअरीका दिन नेपाल चलचित्र कलाकार संघ यूकेको आयोजनामा नेपाली चलचित्र शुभलभको भव्य प्रदर्शन भएको हो । सो चलचित्र बेलायतका विभिन्न स्थानमा प्रदर्शन हुने क्रममा अल्डरसटस्थित एम्पायर हलमा प्रदर्शन गरिएको हो ।

चलचित्रमा हरिहर अधिकारी, प्रदीप बास्तोला, रविन्द्र झा, सरोज खनाल, क्रिस्टीन पौडेल, राजाराम पौडेल लगायत वरिष्ठ कलाकारहरुको जोडदार अभिनय छ । प्रेमकथामा आधारित चलचित्रलाई सन्तोषबाबु लोहनीले निर्देशन गरेका छन् भने हरिहर अधिकारीको कथा र लेखनमा निर्माण भएको हो । चलचित्र प्रदर्शनको क्रममा नेपाल कलाकार संघ यूकेकी अध्यक्ष रोमियन लिम्बु केसी, श्रृजनशिल नेपाली समाज यूकेका अध्यक्ष भक्त दर्जी, चलचित्र निर्देशक सन्तोषबाबु लोहनी लगायत चलचित्रकर्मी र चलचित्रप्रेमीहरुको बाक्लो उपस्थिति थियो । करिब २०० जना दर्शकको सहभागिता रहेको प्रदर्शनको क्रममा कलाकार संघकी अध्यक्ष लिम्बु र श्रृजनशिल नेपाली समाजका अध्यक्ष भक्त दर्जीले चलचित्र निर्देशक लोहनीलाई प्रशंसापत्रसहित सम्मान गरेका थिए ।

सो चलचित्रको कथावस्तु, कलाकारहरुको अभिनय, दृश्य र संवाद अत्यन्त उत्कृष्ट रहेको दर्शकहरुको भनाइ थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!