एनआरएनए र नेपाली समुदायबीच अन्तरसंवाद

SHARE:

एटा संवाददाता
लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले नेपाली समूदायबीच अन्तरसंवाद गरेको छ ।

लन्डनस्थित हिमालयन क्लबमा गत ९ फेब्रुअरी आइतबार दिउँसो एनआरएनए यूकेको संघसंस्था विभागको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । एनआरएन यूके उपाध्यक्ष एवं कार्यक्रम संयोजक रोजिना प्रधान राईको संयोजकत्वमा सम्पन्न कार्यक्रममा एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ, आइसीसी पोलिसी चेयर एवं संघसंस्था विभाग यूके सल्लाहकार, रामशरण सिम्खडा, एनआरएन युरोप उपसंयोजक कृष्ण तिमल्सेना, आइसीसी अनररी मेम्बर बिजन भट्टलगायत सहभागी थिए ।

कार्यक्रममा संयोजक रोजिना प्रधान राईले संघसंस्था तथा नेपाली समूदायसँगको सहकार्यमा मात्र अगाडि बढ्न सकिने बताउँदै प्राप्त रचनात्मक सल्लाह र सुझावले आफूहरुलाई भावी रणनीति तयार गर्न सहयोग पुग्ने बताइन् ।

अन्तरसम्वाद कार्यक्रममा बोल्दै एनआरएन यूके अध्यक्ष पुनम गुरुङले आफूहरुको पहिलो एजेन्डा नै संघसंस्था र समाजसँगको अन्तरक्रिया गर्ने रहेकोले आफ्नो भनाइ राख्नभन्दा समाज र संस्थाको कुरा सुनेर अगाडि बढ्ने विश्वास व्यक्त गरिन् । उनले बेलायतका विभिन्न स्थानहरुमा आयोजना गरिने यस्ता अन्तरक्रिया कार्यक्रमले गैर आवासीय नेपाली संघ र संघसंस्थाबीचको सम्बन्ध अझ नजिकिने बताइन् ।

कार्यक्रमका सहभागीहरुले विशेषगरी निर्वाचन प्रक्रिया र एनआरएनए परिचयपत्रलाई व्यवस्थित गर्नुपर्ने, आर्थिक कारोवारको पारदर्शिता, नेपाली भाषा साहित्य प्रवद्र्धन, सामाजिक सञ्जाललाई नियन्त्रण गरिनुपर्ने लगायतका चासो व्यक्त गरेका थिए ।

आईसीसी सदस्य रामशरण सिम्खडाले एनआरएनए आइडी कार्डको बारेमा प्रस्ट पार्दै डिजिटल कार्डको तयारी भइरहेको र निकट भविष्यमा नै मोबाइल एप्समार्फत विभिन्न सुविधासहितको कार्ड आउने विश्वास दिलाए । त्यस्तै, उनले एनआरएनको १५औं वार्षिकोत्सवको अवसर पारेर सम्पूर्ण अग्रज तथा संघप्रति योगदान पुर्‍याउने व्यक्तिहरुलाई सम्मान गर्ने उद्देश्यले आगामी मार्च ५ तारिखका दिन आयोजना गर्न लागिएको कार्यक्रममा उपस्थित हुन समेत सिम्खडाले अनुरोध गरे ।

विभागका सचिव विष्णु चालिसेले सञ्चालन गरेको कार्यक्रममा युरोप उपसंयोजक कृष्ण तिमल्सेनाले ‘नो मेम्बर फि’ को बारेमा जानकारी गराउंदै एनआरएन फाउन्डेसनको काम अगाडि बढिरहेको स्मरण गरे ।

अन्तरसंवाद कार्यक्रममा आदिवासी जनजाती महिला महासंघ यूके, पासापुच यूके, यती नेपाली एसोसियसन यूके, क्याट यूके, एनबिसी यूके, नर्सिङ एसोसियसन यूके, किरात राई यायोक्खा यूके, क्याटर एसोसियसन यूके, नेप्लिज सेफ एसोसियसन यूके, धादिङ नुवाकोट समाज यूके, केन्टन सोलिसिटर, ब्रिटिस वल्फेयर सोसाईटी, सृजनशिल नेप्लिज समाज, लायन्स क्लब हेण्डन, रासस , देवाचन बुद्धिष्ट सेन्टर , ओयूएनएफ यूके, शेर्पा किदुङ, अर्घखाँची समाज यूके, क्षेत्री समाज यूके, तमुधिं लन्डन ईकाई लगायतका संघसंस्थाको उपस्थिति रहेको एनआरएनए आईसीसी सदस्य रामशरण सिम्खडाले जानकारी दिएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!