डिस्कोमा गएर आफ्नो कल्चर बिर्सिरहेका छन् : गायिका मनु नेम्वाङ

SHARE:

पूर्वेलीदेखि लिम्बु भाषाका थुप्रै गीतहरु गाएकार दर्शक/स्रोताको मन जित्न सफल गायिका हुन्, मनु नेम्वाङ । पुरै जीवन लिम्बु गीत संगीत, हाक्पारे पालम ख्यालि र संस्कार संस्कृतिमा समर्पित उनी अहिले दोस्रो पटकको बेलायत भ्रमणमा छिन् । उनले नेपाली भाषाका थुप्रै गीत पनि गाइसकेकी छन् । करिब साढे दुई महिनादेखि बेलायतमा रहेकी गायिका नेम्वाङले कहाँ कहाँ दर्शक नचाउँदै हुनुहुन्छ र भ्रमणको अन्य उद्देश्यबारे एभरेस्ट टाइम्सका लागि पूर्ण गुरुङले गरेको कुराकानी ।

कहाँ कहाँ कार्यक्रममा प्रस्तुति दिनुभयो ?
किरात याक्थुङ चुम्लुङ फोक्स्टनले मेरो एकल साँझ कार्यक्रम आयोजना गरिदिएको थियो । एकदमै राम्रो भयो । त्यस्तै किरात याक्थुङ चुम्लुङ यूकेले फेब्रुअरी ८ तारिख शनिबार फेल्थाममा आयोजना गरेको एकल साँझ कार्यक्रममा लिम्बु भाषामा आधारित मेरो ‘निङ्वारे पान्हा’को विमोचन भयो । अर्को ननिङटन १६ फेब्रुअरीमा कार्यक्रम भयो । त्यहाँ पनि मेरो एकल साँझ आयोजना गरिदिनुभएको थियो किरात याक्थुङ चुम्लुङ शाखाले नै । २९ तारिखमा किरात चुम्लुङ रस्मोर शाखाले एम्पायर हलमा कार्यक्रम आयोजना गरिदिएको छ । बाँकी धेरै कार्यक्रमहरु सेटल भइराखेको छ । अनि मेरो दाजुभाइहरु हुनुहुन्छ नेम्वाङ समाज । नेम्वाङ समाज यूकेले अप्रिल २५ मा एम्पायर हलमै कार्यक्रम आयोजना गरिदिनुभएको छ । यस्ता थुप्रै कार्यक्रमहरु सेट भइसकेका छन् ।
भनेपछि अझै ३ महिना बेलायत बस्नु हुन्छ ?
बस्नु पर्ने भयो । (हाँस्दै)
यहाँका दर्शक स्रोताहरुले छोड्ने भएन ?
उहाँहरुले त छोड्नु भए पनि मैलेचाहिँ छोड्ने भइनँ ।
फेब्रुअरी ८ तारिखमा विमोचन भएको ‘निङ्वारे पान्हा’ कस्तो एल्बमे हो ?
विशेषगरेर यो मेरो लिम्बु गीति एल्बम हो । मेरा गीत पहिलेकाभन्दा अलि फरक किसिमको रहेको छ । लिम्बु जातिमा पर्ने संस्कृतिहरु ख्याली, हाक्पारे, पालम र विरहका गीतहरु, मायापिरतीका गीतहरु समेटेर मैले ८ वटा गीत राखेको छु । ‘निङ्वारे पान्हा’ (मनको कुराहरु) नाम राखेको छु । जे होस्, मेरा मनका कुरा हो । मेरो मनमा जे कुराहरु छन् त्यसलाई गीति एल्बममार्पmत बाहिर ल्याएकी छु । त्यसमा पनि धेरै गीतहरु आदरणीय काका सुवर्ण नेम्वाङज्यूले लेख्नु भएको छ । ५,६ उहाँको रहेको छ भने बाँकी गीत अमृता दिदीले लेख्नुभएको छ । त्यसमा लिम्बु जातिमा नाचिने चाब्रुङ नाच । जसमा गाइने एउटा भाका हुन्छ । त्यो भाकासँग केसामी मुन्धुम भन्ने छ । एउटा हाक्पारे । हाँक्पारेचाहिँ हाम्रो मुन्धुमविद् लक्ष्मण मेन्याङ्बोज्यूले लेख्नुभएको छ । उहाँले ६, ७ मिनेटको छोटो मुन्धुम लेखिदिनु भएको छ । त्यसमा आधारित रहेर मैले काम गरेको छु । बाँकी लिम्बु जातिमा धेरै पालामहरु गाएकी छु । तीमध्ये यो एल्बममा फरक विषयवस्तु समेटेकी छु । लिम्बु जातिका व्यक्ति मरेपछि अन्तिम दाहासंस्कार गर्ने बेलामा घरमा आफन्तहरु बोलाइन्छ । त्यसमा आँसु पुछ्ने भन्ने चलन छ । त्यो बखत गाइने एउटा पालम छ । त्यो पालम यही एल्बममा समावेश गरेकी छु । त्यो भन्दा अगाडि पनि म्याक्सिमम् पालमहरु मैले गाएकी छु ।
पालम भनेको चाहिँ ?
विशेष गरेर लिम्बु जातिमा अत्यधिक नाचिने मौलिक नाच, धान नाच हो । त्यो हात समातेर नाचिन्छ । त्यो नाचमा गाइने एउटा भाका हुन्छ, त्यसलाई पालम भनिन्छ । कस्तो बेलामा नाच्न मिल्ने, कुन अवस्थामा नमिल्ने भन्ने हुन्छ । साइनो लाग्यो भने नाच्न मिलेन । जस्तैः मेरो काका, दाइसँग नाच्न मिलेन, साइनो लाग्ने कोहीसँग पनि हात समाएर नाच्न मिलेन ।
त्यसमा सोल्टी सेल्टिनाको कुरा हुन्छ । त्यसमा पहिले साइनो केलाउने कुरा हुन्छ । भेट हुँदा तीन पुस्तादेखि ७ सम्म साइनो केलाइन्छ । साइनो चिनीसकेपछि हात समाएर नाचिन्छ । लयलाई पालम र नाचलाई धान नाच भनिन्छ ।
पालाम गीतहरु लिम्बु भाषामा मात्रै हुन्छ कि नेपालीमा पनि ?
नेपालीमा पनि हुन्छ । थु्रपै हुनुहुन्छ आफन्तहरु । लिम्बू भाषामा मात्रै हुने हो भने आयोजक किरात याक्थुङ चुम्लुङ । त्यहीमाथि मनु नेम्वाङ गायिका । त्यही माथि लिम्बु गीत गाउँदा सबैलाई समेट्न, सम्झिन नमिल्ने । नसकिने । मैले थुुप्रै नेपाली गीतहरु गाएकी छु । मैले थुप्रै गीतहरु गाएकी छु । तापनि लिम्बु गायिका भनेर चिनिएकोले लिम्बु गीत मात्र गाउँछ होला, लिम्बु मात्रै बोल्नु हुन्छ होला भनेको नेपाली गीत पनि गाउँदो रहेछ भनेर कार्यक्रमरुहमा प्रशंसा आउने गर्छ ।
कार्यक्रमहरुमा प्रस्तुत गर्ने गीतहरुले युवाहरुलाई कत्तिको आकर्षित गर्छ ?
लिम्बु जातिको कल्चर नाच्ने, उफ्रिने खालको नभएको कारणले हाम्रो जातिलाई यो पनि लागू होस् भन्न चाहन्छु । जो धान नाच रातभरि हात समातेर नाचिन्छ भने अहिले डिस्कोमा गएर आप्mनो कल्चर हराइरहेको छ । यो कुराहरुमा म एकदमै सन्तुष्टि छैन । त्यसले गर्दा अहिलेका युवापुस्ता हुनुहुन्छ, उहाँहरुले पप, रक गीत गाएर केही इन्जोय त होला तर हाम्रो कल्चर पक्कै त्यसले बचाउँदैन । त्यसैले म भन्छु, धान नाच, च्याब्रुङ नाच आदिइत्यादिबारे हाम्रा बालबच्चालाई हामीले नै सिकाउने हो । हामीले नै हस्तान्तरण गर्नुपर्ने हो । म यूके फेरि आउनुको उद्देश्य पनि यहीँनिर छ । किनकि यूकेमा धेरैजना हुनुुहुन्छ, मेरो छोराले लिम्बु भाषा बोलेन, लिम्बु भाषाको त परैजाओस् इंलिसमात्रै बोल्यो भन्ने थुप्रै गुनासा छ भने कतिमा प्राउड फिल भइरहेको पनि पाइन्छ । गर्नु पनि पर्छ । यहाँ (बेलायत) मा लिम्बु भाषा बोलेर मात्रै जागिर खान अप्ठ्यारो छ । अध्ययन, अनुसन्धानमा गाह्रो छ । त्यसैले उहाँहरुले यहाँको भाषा बोल्नुपर्छ र राम्रो गर्नुपर्छ भन्ने छँदैछ । तर, परिवारले पनि आप्mना बच्चाहरुलाई आप्mनो भाषा केही मात्र सिकाउने, हाम्रो भाषा यो है, कल्चर यो है भन्ने सिकाउन बाबाआमाहरु लागिरहनुपर्छ । नाचिरहनु पर्छ भन्ने छैन । अब व्यक्तिले आप्mनो कल्चर अगाडि लान सक्ने अवस्था छैन । किनकि आदिवासी जनजातिका कल्चर अधिक महँगो छ । एउटा गहना किन्न, ड्रेस किन्न कति गाह्रो हुन्छ ? ती कुराहरु समेटेर ल्याउँदा एउटा व्यक्तिले त म्युजिक भिडियो बनायो भने चार, पाँचको रेडियोमा पुग्छ । युट्युबमा राखियो, १ लाख जतिले हेरेमा हामीले ३ हजार ३५ सय पाउने हो । पहिले सिडी, एल्बमको बेलामा हल्का पैसा रिटर्न हुन्थ्यो । अब त पैसा फर्कने कुरा आएन ।
त्यसपछि अहिले कलाकार यत्ति धरासायीमा छन्, कहाँ जाऔं, के गरौं ? पेसा चेन्ज गरौं, कसरी गर्ने ? त्यसैले धेरै जना विदेशतिर भासिसके । म पनि सोच्दै छु, यूकेतिर रहौं कि भन्ने ! (हाँस्दै…) त्यसैले युवाहरुलाई समेटेर हाक्पारे, पालामहरुलाई फरक बनाउने कोसिस गरेकी छु । लिम्बु जातिका गीतहरुलाई यसरी पनि गर्न सकिन्छ भनेर एक, दुइटा गीतलाई अलि उठाएकी छु ।
नेपाल वा विदेशमा रहेका युवाहरु आफ्नो संस्कृतिभन्दा बाहिर जान थालिसकेको छ । युवाहरुलाई विशेषतः खेलकुद र संगीतले समेट्न सक्छ भनिन्छ, तपाईंका सिर्जनामा त्यस्ता विषय छन् त ?
एकैचोटि उफ्रिन खोजियो भने लडिन्छ भनिन्छ । त्यसले गर्दा विस्तारै विस्तारै जाने हो भन्नेमा छु । गीत, संगीत, संस्कृति, संस्कारमा युवाहरुलाई कसरी समेट्न सकिन्छ भन्ने अभियान थालनीमै छु ।
तपाईंले कहिलेदेखि सांगीतिक यात्रा थाल्नुभयो ?
मेरो सांगीतिक यात्रा वि.सं. २०५४ सालमा सुरु भएको हो । त्यही सालमा पहिलो रेकडिङ आनी साक्किम फिल्मको गीतबाट सुरु भएको थियो । त्यही गीतबाट म मनु नेम्वाङ बन्न पुगेँ । त्यो भन्दा अगाडि मेरो रेकर्डेड गीतहरु थिएन ।
झन्डै २२ वर्षदेखि संगीत क्षेत्रमा रहनुहुँदा भविष्य कस्तो देख्नु भयो ?
अहिलेचाहिँ अलि समस्या समस्या लाग्छ । किनभने पहिला एक त कलाकारहरु थोरै थिए, क्वालिटी पनि थियो होला सायद । मेरो बुझाइ गलत पनि हुनसक्छ । अहिले आदिवासी जनजाति कलाकारहरुलाई अति गाह्रो कहाँ भएको छ भने, जति दुःख गरे पनि राम्रो गरिस्, गर्‍यो भन्ने स्याबासी पाउने, प्रशंसाको आशा नगरे हुनेरहेछ । आफ्नै कल्चरका गीतहरु गाउँदा मान्छेहरुले नानाभाँती भनिरहेका हुन्छन् । आफ्नै कल्चरका मान्छेहरुले नबुझ्ने अवस्था छ । भनेपछि हाम्रा मान्छेहरु कति धेरे परिवर्तन खोजेका रहेछन् । अथवा हाम्रा मान्छेहरुको बुझाइको

लेभल कहाँ रहेछ । हामी के हौं भन्ने बिर्सिसकेको रहेछ । यो कुराहरु सुन्दा एकदमै दुःख लाग्छ ।
केही साताअघि फोक्स्टनमा कार्यक्रम भयो । जहाँ हाम्रो लिम्बु संस्कृतिमा रुने कल्चर छ । रुँदा पनि फरक किसिमल रुने । त्यो रोदन कार्यक्रममा राखिएको थियो । त्यसमा हाम्रो आफ्नै मान्छेहरुले यत्ति नराम्रो कमेन्ट गर्नुभएको थियो । जसमा हाम्रो मान्छेहरुको बुझाईको लेभल कहाँ रहेछ भन्ने मात्रै मैले हेरिरहे। उहाँहरुले जसरी बुझ्नु हुन्छ, हामीले कोसिस गर्ने हो । उहाँले पहिले सुन्नुभएको थिएन होला, अब सुन्नुपर्छ । उहाँहरुले देख्नु भा छैन होला अब देख्नुपर्छ । उहाँहरुले त्यो लेख्नुभन्दा अगाडि म को हुँ भनेर फर्केर हेर्नुपर्छ । कल्चरै बिनाको मान्छे नै हुँदैन नि ! यस्तो पनि कल्चर हुन्छ र भन्ने आयो । नभएको भए हामी नि कि गथ्यौं र । हामीलाई पनि रहर होइन नि । त्यसले पनि अलि दुःख लाग्छ । अहिले पनि आदिवासी जनजातिमा एउटा गीत गायो, एउटाले मेरो भन्छ, अर्कोले मेरो भन्छ । यो अत्याधिक हानाथाप । अर्को मार्केट राम्रो छैन । यसले कलाकारहरुमा एक प्रकारको डिप्रेसन भएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!